काठमाडौं। नेपालका ठूला परियोजनामा चिँनिया निर्माण कम्पनीको संलग्नता बढ्दै गएको छ। चिनले केही ठूला परियोजनाहरुमा लगानी गर्दै आएको भएपनि पछील्लो समय भने ठेक्कामा बढी संलग्न हुन थालेको हो।
देशभरका प्रमुख विमानस्थल, जलविद्युत, द्रुतमार्ग र वहुउद्देशीय पूर्वाधार विकासका आयोजनाहरु चिनिया कम्पनीहरुले धमाधम निर्माण गरिरहेका छन्। चिनिया लगानी वा अनुदान रहेका परियोजनामा त चिनिया कम्पनी आवद्ध छन् नै नेपालकै र अन्य विदेशी ठूला लगानीका विमानस्थल, द्रुतमार्ग, जलविद्युत र वहुउद्देशीय आयोजनाहरुमा पनि चिनिया ठेकेदार कम्पनीको संलग्नता बढ्दै गएको छ।
नेपालका सबै अन्तराष्ट्र्रिय विमानस्थाल विस्तारको काम चिनिया ठेकेदारले नै गरिरहेका छन्। त्रिभुवन विमानस्थल, भैरहवा विमानस्थलको काम करिब सम्पन्न भएको छ। भने पोखरा विमानस्थलमा चिनिया ठेकदार कम्पनीले काम गरिरहेको छ।
चिनिया काम्पनी सिए.एमसी इन्जिनियरिङ सिनोहाइड्रो कर्पोरेशन, पोलीच्याङ चाइना ओभर्सिज, चाइना स्टेट कन्ट्रक्सन इन्जिनियरिङ लगाएतका कम्पनी नेपालका खासगरि ठूला ठेक्कामा संलग्न रहेका छन्।
चिनले भूकम्प पछिका पुनः निर्माण तर्फ दरबार हाईस्कुल र वसन्तपर दरवारक्षेत्रको नौ तले दरबार निर्माण गरेको छ। चिनिया सहयोगमा बन्ने आयोजनामा प्राय चिनिया कम्पनी नै रहने गरेका छन्। चिनिया कम्पनी साङहाई कन्स्ट्रक्सन संलग्न भएको चक्रपथ विस्तारको पहिलो चरणको काम सम्पन्न भएको छ। त्यस्तै दोस्रो चरणको विस्तारको लागि साइट क्लीयरेन्सको काम करिब सम्पन्न भएको छ।
काठमाडौं–तराईमधेस द्रुतमार्गका सबै ठेक्का चिनिया कम्पनीले पाएको छन्। तिनवटा सुरुङमार्ग सहित राजदहमा निजगढ खण्डका सडक तथा पुल निर्माण हुने तिनवटा प्याकेजपनि हालै चिनिया कम्पनीले पाएका छन्।
नेपाली सेनाले राजदहमा निजगढ खण्डलाई तिनवटा प्याकेज बनाएर अन्तराष्ट्र्रिय टेण्डर आब्ह्वान गरेको थियो। राजदहमा निजगढ खण्डको चारलेनको सडक तथा पुल निर्माण गर्न प्याकेज तिनमा कुमार रोशन सिचुवन जेभीले ठेक्का पाएको छ। यसले करिब १० अर्ब रुपैयामा ठेक्का हात पारेको हो।
त्यसैगरी पोलीच्याङ्दाले प्याकेज नं. २ थद्रे र नेल डाडाँको सुरुङमार्गको जिम्मा पाएको छ। चौथो प्याकेज अन्तर्गतको आठ किलोमिटर सडक निर्माण गर्न १९ अर्बको ठेक्का पनि सो कम्पनीले पाएको छ। प्याकेज पाँच अन्तर्गत चारलेन सडक तथा पुलको ठेक्का चाइना सीए एमसी इन्जिनियरिङसँग फागुन ९ गते सम्झौता भएको छ। प्याकेज पाँचको करिब सात किलोमिटर सडक आठ अर्ब रुपैयामा ठेक्का सम्झौता गरिएको हो।
साढे ७२ किलोमिटरको द्रुतमार्गमा ६ दशमलव ४१ किलोमिटरको तिनवटा सुरुङमार्ग छन्। जसलाई सेनाले दुइवटा प्याकेजमा ठेक्का लगाएको छ। नेपाली सेनाले द्रुतमार्गको प्याकेज नम्बर १ चाइना स्टट कन्स्ट्रक्सन इन्जिनियरीङ कर्पोरेसन लिमिटेड र प्याकेज नं. दुईका लागि पोलीच्याङदा इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। दुईवटा ठेक्का करिब भ्याट सहित ५० अर्व लागतका रहेका छन्।
द्रुतमार्गको प्याकेज १ सुरुङमार्गको ठेक्का पाएको कम्पनीले तिन ठूला आयोजना होल्ड गरेको छ। द चाइना स्टेटले सिद्धबाबा सुरुङमार्ग र पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल सडकखण्डको ठेक्का समेत हात पारेको छ। कम्पनीले केही समय अघिमात्रै सिद्धबाबा सुरुङमार्गको काम पाएको हो। सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीबाट प्रस्ताव पेश भएकोमा ४ वटा चिनिया कम्पनीले मात्रै आर्थिक, प्राविधिक प्रस्ताव पास गरेका हुन्। जसमा कम कवोल गर्ने द चाइना स्टेटले हात पारेको हो।
कम्पनीले सात अर्ब ३४ करोड रुपैयामा ठेक्का पाएको छ। एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा विस्तार भइरहेको नारायणगढ बुटवल सडकमा पनी चाइना स्टेटनै काम गरिरहेको छ। कम्पनीले यो सडक खण्डमा राम्रो काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ। सरकारले २०७५ माग २४ गते ४२ महिना भित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेको थियो। सडक निर्माणको अनुमानित लागत १७ अर्ब रुपैया रहेको छ।
चाइना ओभर्सिजले सुनकोशी मरिङ डाइभर्सन वहुउद्देशीय आयोजना र भेरी बबई आयोजनाको सुरुङमार्ग खन्ने ठेक्का पाएको छ। कम्पनीले टनेल बोरिङ मेसिन टिबिएम प्रयोग गरी भेरी बबइ वहुउद्देशीय डाइभर्सन लक्ष्य भन्दा एकवर्ष अगाडीनै सम्पन्न गरेको थियो। उसले एकवर्ष अघि सुनकोशी मरिङको सुरुङमार्गको ठेक्का पाएको थियो। जसमा टिबिएम मेसिन प्रयोग गर्न तयार भईरहेको छ। चाइना अाेभर्सिजसँग सुरुङमार्ग निर्माणको लागि ११ अर्ब २९ करोड रुपैयामा ठेक्का सम्झौता भएको छ।
त्यसैगरी त्रिभुवन विमानस्थलको धावन मार्ग मर्मत सम्भार चिनिया कम्पनी चाइना नेस्नल एरो टेक्नोलोजी इन्टरनेस्नल इन्जिनियरीङले कोभिडको महामारीको बिच सम्पन्न गरेको थियो। अहिले त्रिभुवन विमानस्थलमा ह्याङ्गर निर्माणको लागि आब्ह्वान भएको टेण्डरको सर्टलिस्टमा पनी चिनिया कम्पनी रहेका थिए। द्रुतमार्गमा प्याकेज नं. पाँचमा भएकै चिनिया कम्पनी सिए एमसीले पोखरा विमानस्थल निर्माण गरीरहेको छ। चिनिया एक्जीम बैंकको २ प्रतिशत ऋण लगानीमा निर्माण भइरहेको क्षेत्रीय अन्तराष्ट्र्रिय विमानस्थल पोखराको अनुमानीत लागत २१ अर्ब ६० करोड रहेको छ।
उडान परिक्षण भइरहेको भैरहवा विमानस्थलको चिनिया कम्पनीको नर्थ वेस्ट सीभिल एभिएसन कम्पनीले ६ अर्ब २२ करोड रुपैयामा ग्लोबल टेण्डरबाट ठेक्का पाएको थियो। नेपालमा निर्माण भएको सबै भन्दा ठूलो जलविद्युत आयोजना चार सय ५६ मेगावाटको जलविद्युत आयोजना अप्पर तामाकोशीको सिभिल कामको जिम्मा सिनोहाइड्रोले पाएको थियो।
चालु आर्थिका वर्षको सुरुवातबाटै माथील्लो तामाकोशी संञ्चालनमा आइसकेको छ। त्यसबाहेक १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको सिनोहाइड्रो कर्पोरेसन लिमिटेडलाइ दिएको छ। आयोजनामा सिनोहााइड्रोले सुरुङ, विद्युतगृह निर्माण लगाएतका देस्रो प्यकेजका काम गरेको छ। वहुचर्चित मेलम्ची खानेपानी आयोजना सुरुङमार्गमा इटालीयन कम्पनी भागेपछी चिनिया कम्पनी सिनोहाइड्रोले काम पाएको थियो।
जलविद्युत तर्फका १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत, १ सय २ मेगावाटको मध्यभोटेकोशी ६० मेगावाटको माथील्लो त्रिशुली थ्रि, ए लगाएतका हाइड्रोमा समेत चिनिया ठेकेदार संलग्न रहेका छन्।