पोखरा। गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २२ मा निर्माण हुन लागेको नेटा लुकुन्स्वाँरा–वडा देखि पुम्दीकोटसम्म पिच सडक निर्माणमा रकम अभाव नहुने बताएका छन्। उक्त पिच सडकको बुधबार शिलन्यास गर्दै मन्त्री बरालले पुम्दी भुम्दीको रणनितीक महत्व रहेको उक्त बाटो निर्माणमा रकम अभाव नहुने बताएका हुन्।
उक्त सडक निर्माणको क्रममा सबैले मन खुलेर सहयोग गर्न आग्रह गर्दै मन्त्री बरालले समयमै र गुणस्तरिय सडक निर्माणमा जुट्न आग्रह गरे। सडक विस्तारको क्रममा जग्गा उपलब्ध गराउने बिषयमा जसले पहिला केही गुमाउछ प्रतिफल पहिला उसैले हात पार्ने मन्त्री बरालको भनाई थियो।
समयमै उक्त परियोजना सम्पन्न गर्न सबैको सकरात्मक भूमि आवश्यक भएको मन्त्री बरालको भनाई थियो। पुम्दीकोट बिशाल महादेवको मुर्ति निर्माणले हाल पुम्दी भुम्दीको पहिचान भएको उल्लेख गर्दै मन्त्री बरालले अब पोखराको बजार देखि पुम्दीकोटसम्मको पिच सडक निर्माणले पुम्दी भुम्दीको आर्थिक बिकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे।
पोखराको छोरोपाटन खाल्से हुदै कुभिन्डे सडक निर्माण प्रकृया समेत अघि बढेको बताउदै मन्त्री बरालले पोखराको मुख्य बजार देखि नजिक भएर पनि यस क्षेत्रको विकासमा रणनितीक महत्वका सडक निर्माण नहुदा धेरै पछि परेको बताए। धेरै कठिनायिका बाबजुत पनि सामुहिक प्रयत्नका कारण उक्त सडक निर्माण हुने अबस्थामा आएको मन्त्री बरालले बताए।
इतिहासलाई नर्बिसिन आग्रह गर्दै मन्त्री बरालले रणनितीक महत्वका कामको नेतृत्व लिने व्यक्ति जनताको मनमा सधै रहने दाबी गरे । उक्त सडक निर्माणकोा क्रममा जग्गा दान गर्नेहरुलाई पोखरा २२ वडा कार्यालयले एक समारोहका बिच भव्य रुपमा सम्मान गर्ने भएको वडा अध्यक्ष हिमलाल बरालले बताए। अर्थ मन्त्री बरालकै बिषेश पहलमा उक्त सडक सहित पुम्दी भुम्दीका ठाँउमा सम्बोधन भएको अध्यक्ष बरालले बताए।
उक्त निर्माण कम्पनी एम÷एस फेवा पिएल जे भि पोखराका प्रेम पहारीले उक्त परियोजनामा कुनै बाधा अबरोध नभएमा आउदो असार भित्र निर्माण कार्य सम्पन्न गर्ने दाबी गरे। पूर्वाधार विकास कार्यालय कास्कीका इन्जिनियर हरि थापाले करिब साँढे तीन किलोमिटर, ८ मिटर चौडाईमा उक्त सडक पिच हुने भएको बताए।
२०८१ साउन १ गते भित्र सक्ने गरी उक्त निर्माण कम्पनीले ९ करोड ८८ लाखमा निर्माण गर्ने भएको उनले बताए। अबको ११ महिनामा नेटा लुकुन्स्वाँरा–पोखरा २२ को वडा देखि पुम्दीकोटसम्म पिच सडक निर्माण गर्ने निर्माण कम्पनीका मिर कुमार राईले जनाए। उक्त सडक निर्माण भएसंगै पुम्दी भुम्दीको विकासमा थप टेवा पुग्ने पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । उक्त सडक निर्माणमा आफुहरु कटिवद्ध भएको स्थानिय नवराज बरालले जनाए।