चितवन। चरम लापरबाही गरेर २४ घण्टासम्म पनि राउण्डमा नजाने चिकित्सकलाई भरतपुर अस्पतालले पुनर्नियुक्ती गरेको छ। २४ घण्टासम्म पनि राउण्डमा नगएपछि करार भंग गरिएका डा. ऋतुराज तिवारीलाई अस्पतालले पुनर्नियुक्ती गरेको हो।
अस्पतालले डा. तिवारीको करार गत असार २९ गते भंग गरेको जनाएको थियो। मेडिकल वार्डको ड्युटीमा रहेका डा डा. तिवारी २४ घण्टासम्म पनि राउण्डमा नगएपछि बिरामीका आफन्तले गुनासो गरेका थिए। गत असार २६ गते बिहान २४ घण्टासम्म पनि उनी राउण्डमा नगएक सञ्चार माध्यम समाचारहरु प्रकाशन भएको थियो।
डा. तिवारीले त्यस अघि पनि राउण्डमा नगएर लापरबाही गर्ने गरेका थिए। समाचार प्रकाशनपछि अस्पताल प्रशासनले २९ गते डा तिवारीको करार करार भंग गरेको जनाएको थियो। तर संवेदनशिल बिषयमा चरम लापरबाही गर्ने चिकित्सकलाई पुनर्नियुक्ती गरेर अस्पताल प्रशासनले जनताको आँखामा कारबाहीको छारो हाल्ने काम गरेको छ।
यस बिषयमा अस्पतालमा बुझ्दा डाक्टर तिवारीले आफ्नो आचरणमा परिवर्तन गरि आगामी दिनहरुमा यस्तो गल्ति नदोहोर्र्याउने भनि अस्पताल समक्ष निवेदन दिएको अस्पतालका सूचना अधिकारीले चित्रवन खबरलाई जानकारी दिए ्र साथै उनले अस्पतालले डा. तिवारीको करार भंग नगरी कहिँ समयको लागी सस्पेन्ड गरिएको पनि जानकारी गराए।
तर , अस्पताल प्रशासनले उनलाई जिओपिडी अफिसरको बाहाना बनाएर पुनर्नियुक्ती गरेको पाईएको छ। करार भंग गरिएको कर्मचारीलाई पुनर्नियुक्ती गर्न नमिल्ने सरोकारवालाहरु बताउँछन्।
तर अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा चरम लापरबाही गर्ने गर्ने चिकित्सकको बचाउ गर्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण पौडेल उनलाई फरक प्रकृयाबाट नयाँ पुनर्नियुक्ती दिईएको बताउँछन्। ‘पहिला फिजिसियन भनेर थियो अहिले अर्कै कामका लागि गरिएको छ। फिजिसियनको रुपमा काम दिईएन, उनलाई मेडिकल अफिसरको रुपमा दिईयो’, डा. पौडेल भन्छन्।
चरम लापरबाही गरेर करार भंग गरिएको चित्कित्सकलाई किन पुनर्नियुक्ती गरियो भन्ने प्रश्नमा उनी भन्छन्,’मिल्छ, अर्को काम, अर्को पदमा गर्न मिल्छ।’ तर यसरी बचाउ गरिरहँदा चिकित्सक नै नपाएको कारण पनि उनलाई पुनर्नियुक्ती गरिएको समेत बताउँछन्। ‘डाक्टर पाउनुपर्यो नि। डाक्टर नै पाईँदैन के गरौं त। सरकारले पठाउँदैन।’ मिल्ने भन्दा पनि अरु डाक्टर नपाएर उनलाई नै ल्याईएको हो भन्ने प्रश्नमा उनी भन्छन्, ‘त्यो त हो । डाक्टरहरु भनेको जस्तो पाईदैन।’
चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ करार भंग गरिएको कर्मचारीलाई पुनर्नियुक्ती दिन नमिल्ने बताउँछन्। ‘करार भंग भएको हो। फेरि नियुक्ती दिईएको बिषय मलाई थाहा भएन। करार भंग गरिएपछि सकियो। फेरि नियुक्ती गर्न मिल्दैन।’
यस बिषयमा अस्पताल प्रशासनसँग छलफल गर्ने उनी बताउँछन्। ‘आज मिटिङ छ। म यो बिषयमा कुरा गर्छु।’ २४ सै घण्टा सेवा पाउनुपर्ने अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा बिरामीले सेवा नपाउनु चिकित्सकको चरम लापरबाही हो। बिडम्बना संघीय अस्पतालको रुपमा बिकसित भरतपुर अस्पताल प्रशासन भने लापरबाही गर्ने चिकित्सकको बचाउमा लागेको छ।