काठमाण्डौं । तीनकुनेस्थित १७० मिटर फराकिलो दुईतर्फी बागमति पुल बनाउन दिएको डिजाइनमा निर्माण अघि नबढाएकले सम्झौता भएको ५ वर्षपछि उक्त आयोजनाको ठेक्का रद्ध गरेको थियो ।
पप्पु कन्स्ट्रक्सन लाई सो आयोजनाले गरेको सिफारिस बमोजीम खरिद अनुगमा कार्यालयले ३ वर्षकालागी कालोसुचिमा राखेको छ ।
संसदको विकास समितिले पुलको स्थलगत अवलोकन गरि अध्ययन रिपोर्ट तयार गरे पनि पुलको पाईलमा भने समस्या रहेको थियो । अध्ययन रिपोर्टका अनुसार २९.५ मिटर गहिरो १६ वटा पाइल निर्माण गर्ने डिजाइन सम्झौता भएतापनि एउटा पाइल १६.५ मिटरमा निर्माण भएको र दुई वटा भाँचिएको छ । समितिको निर्देशन नटेरी काम अघि बढाउने व्यवसायीलाई समयमा नै निकास दिन नसकेमा सम्बन्धित निकाएलाई कारबाही गर्न आदेश दिएको छ ।
निर्माण भइरहेको पुलको ३ वटा जगमा धेरै समस्या भएपछि उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई काम अगाडी बढाउनको लागी पहिला फाउन्डेसनमा रहेको पाइलको समस्या समाधान गर्नुपर्ने आदेश दियो ।
आदेशको पालना नगर्दै पप्पु कन्स्ट्रक्सनले पुलको सब–स्ट्रक्चर निर्माण गरी स्लाब ढलानको तयारी गरेपछि सो आयोजनाले ठेक्का रद्ध गरेको थियो । विष्णुमति नदिको पुलमा पनि गुणस्तरको काम नभएकोले रोक्न आदेश दिदाँ पनि कम्पनीले स्लाब हालेको आरोप लागेको थियो । अझै पनि सो पुल संचालनमा आउन सकेको छैन ।
काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार साढे ३ वर्षभित्रै निर्माणकार्य सकिएर संन्चालनमा आईसक्नुपर्ने उक्त पुलको निर्माण अन्योलमा परेपछि ठेक्का रद्ध गरेर नयाँ ठेक्का लगाईको हो । बागमति पुलको उतर पट्टिको एक वटा जग काम लाग्ने छ भने बाकी ३ वटा जग काम नलाग्ने भएको छ । नयाँ ठेकदारको डिजाइन अनुसारको आधारमा काम अगाडि बढ्ने पप्पुले बताए ।
सो आयोजनाले पप्पुलाई सम्झौंता रद्ध गर्दा भएको क्षतिपुर्तिमा ५ करोड तिर्नुपर्ने भन्दै पत्र काटेको छ । तर ठेकदार कम्पनि सरकारी निर्णयको विरुद्धमा पप्पु कन्स्ट्रक्सन सर्बोच्च अदालतमा पुगेको छ ।
२०७१ पुस ४ गते काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग पप्पु कन्स्ट्रक्सनले ४ वर्ष भित्र काम सम्पन्न गर्ने सम्झौंता गरी आयोजना निर्माणको जिम्मा लिएको थियो । तरपनि अहिले सम्म संचालन हुन सकेको छैन् ।