काठमाडौं। सडक विभागले वर्षाका कारण बिग्रिएका सडकको मर्मत समयसीमा तोकेरै गर्ने भएको छ। असोज पहिलो साताभित्र काठमाडौंबाट बाहिरिने र भित्रिने नाकाको सडकमा सुधार गरिसक्ने भन्दै विभागले आगामी दसैंमा घर जाने यात्रुलाई सहज हुने दाबी गरेको छ।
साथै काठमाडौं उपत्यकाको सडक पनि दसैंअगाडि मर्मत गरिने विभागले जनाएको छ। दसैंमा उपत्यका तथा उपत्यका बाहिरका जिल्लाबाट यात्रुको आवतजावत वृद्धि हुने भएकाले यात्रा सहज बनाएर सवारी आगमनमा सहजीकरण गर्न सडक मर्मत दसैंअगावै गर्ने तयारी तयारी विभागले गरेको विभागका उपमहानिर्देशक भिमार्जुन अधिकारीले बताए। दसैंमा यात्रुको आवतजावतमा सहजता ल्याउनको लागि र सवारीको चाप अत्यधिक वृद्धि हुने हुँदा निर्माणाधीन सडकबाहेकका उपत्यकासहित मुलुकभरकै सडकको मर्मत गरिने विभागको भनाइ छ।
उनले भने, “काठमाडौंबाट बाहिरिने र भित्रिने यात्रुको सुविधाका लागि नाकाको सडकमा सुधार गरी खाल्डाखुल्डी पुर्दै सडक सवारीलाई सहज बनाउने गरी मर्मत गर्ने तयारी भइरहेको छ । यो नियमित प्रकृया नै हो।”
सडक मर्मतको लागि विभागले बोलपत्र आह्वान गरेर काम सुरु गरेको छ। विभागले मुलुकभर नै सडक मर्मतको लागि तोकिएका स्थानबाट बोलपत्र आह्वान गरेर ठेक्का लगाएको जनाएको छ। विभागले सडक मर्मतका लागि विशेष टिम परिचालन गरेर यसको अनुगमन तथा सुपरिवेक्षण गर्ने तयारी गरेको छ।
काठमाडौं उपत्यकामा पनि टोली परिचालन गरी बाटो सहज बनाउने कार्यमा विभाग लागेको उपमहानिर्देशक अधिकारीको भनाइ छ। काठमाडौं बाहिरका क्षेत्रमा पनि दसैंअगावै सुधार र मर्मत गर्ने कार्य अगाडि बढाएको छ। यसको लागि हेटांैडा, दमक, विराटनगर डिभिजनबाट सडकको खाल्डाखुल्डी मर्मतको काम गर्ने गरी तयारी पूरा भएको जनाइएको छ।
उपमहानिर्देशक अधिकारीले भने, “असोजको पहिलो हप्ता नै देशभरिका सडकको मर्मतसम्भार गर्ने गरी काम अगाडि बढाएका छौं।” विभागले पुनस् बोलपत्र आह्वान गरेर थप मर्मत र सुधार गर्दैै कालोपत्रे गर्ने प्रक्रिया अगाडि बढाउने पनि जनाएको छ। देशभर सानाठूला गरी करिब ८५ हजार किलोमिटर सडक सञ्जाल छ भने विभागअन्तर्गत १५ हजार किमिमात्र सडक रहेको छ। मर्मतको लागि सरकारले चालू आर्थिक वर्षमा करिब ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ। विभागलाई नियमित रूपमा सडक मर्मतको लागि भने बजेट अभाव हुने जनाइएको छ।
सडक विभागले आर्थिक वर्ष २०७८।०७९ मा ५५.८७ प्रतिशत पुँजीगत खर्च गरेको छ। गत आर्थिक वर्षमा १ खर्ब २९ अर्ब रुपैयाँ सडक विभागलाई बजेट विनियोजन भएको थियो भने विभागले ७२ अर्ब ७ करोड रुपैयाँ पुँजीगत खर्च गरेको थियो। विभागले गत आर्थिक वर्षमा १८ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेकोमा करिब ७ सय मिटरमात्र कालोपत्रे गरेको छ।
चालू आर्थिक वर्षमा विभागले ५ सय किलोमिटर ग्रावेल, २ सय किलोमिटर माटे सडक र आवधिक मर्मततर्फ भने ३ सय किलोमिटर आवधिक भएको थियो भने चालू आवमा ५ सय ५० किलोमिटर सडक आवधिक गर्ने लक्ष्य रहेको थियो। पुल निर्माणतर्फ भने २ सय पुल निर्माण भएको थियो भने लक्ष्य ३ सय निर्माण गर्ने लक्ष्य लिएको थियो। निर्माण व्यवसायीले वैशाखको पहिलो साताबाट कन्स्ट्रक्सन होलिडे गरेर निर्माण कार्य रोक्दा देशभरका करिब ३ हजार बढी आयोजाको काम बन्द रहेको विभागले जनाएको छ। कारोबारबाट