एल्लो टेवलले २०२० मा सार्वजानीक गरेको विश्व निर्माण उपकरण निर्माताहरुको बिक्री तथ्याङ्क अनुसार सन् २०१९ को बिक्री २०२.७ अरब अमेरिकी डलरको रेकर्ड सहित उच्च स्थानमा पुगेको कुरा व्यक्त गरेको छ।
सन् २०१८ मा शीर्ष ५० ओईएमका लागि संयुक्त उपकरण बिक्री १८४ अरब अमेरिकी डलर थियो। एल्लो टेवलमा बिक्री २०० अरब अमेरिकी डलरभन्दा बढी भएको यो पहिलो पटक हो। सन् २०१९ को लागि विश्वका शीर्ष दश निर्माण उपकरण उत्पादकहरू निम्नानुसार रहेका छन्।
१०) जुमलियोन
एल्लो टेवलको शीर्ष दसमा प्रवेश गरेको चिनियाँ फर्म जुमलियोन गत वर्षको सूचीमा १३ नम्बर बाट उकालो लागेको थियो। यस कम्पनीको ठूलो उत्पादन दायरा रहेको छ। जसमा स्काभेटर, बुलडोजर, कंक्रीट सम्बन्धित उत्पादनहरू र ड्रिलिङ रिगहरू समावेश भएका छन्।
९) दुसान
दक्षिण कोरियाको दुसान यस वर्षको एल्लो टेवलमा नौँ नम्बरमा स्थिर रहेको छ। कम्पनीले पनि अधिकांश ओईएमहरू जस्तै नयाँ प्रविधिमा अत्याधिक लगानी गरिरहेको छ। २०१८ को अन्त्यतिर कम्पनीले दक्षिण कोरियामा भएको प्रदर्शनका क्रममा कन्सेप्ट–एक्स कन्ट्रोल सोलुसन प्रविधिको प्रदर्शन गरेको थियो। उक्त प्रविधिले सबै जोखिमपुर्ण निर्माण कार्यलाई स्वचालित बनाउन सक्ने बताइएको छ।
८) लिब्भर
लिब्भर समूहले निर्माण उपकरणहरूको बिक्रीमा वृद्धि भएतापनि यसले एल्लो टेवलको सुचि अनुसार आठौँ स्थानमा स्थिर भएको छ। यस समूहले लगभग सबै क्षेत्रहरूमा राम्रो बिक्री गरेको थियो, युरोप र विशेष गरी जर्मनी, फ्रान्स, स्पेन र डेनमार्कमा राम्रो वृद्धि भएतापनि सबैभन्दा उल्लेखनीय उपलब्धि उत्तर अमेरिकामा भएको थियो।
७) हिटाची
जापानिज कम्पनि हिटाची निर्माण उपकरणको बिक्री ८.९ अरब अमेरिकी डलर थियो। यो २०१८को भन्दा गिरावट हो, जसले कम्पनीको चौथो स्थानबाट सातौं मा झरेको देखिन्छ। जापानिज कम्पनीको बिक्रीको लागि सबैभन्दा ठूलो भौगोलिक क्षेत्र रहेको छ,यद्यपि उत्तर अमेरिका पनि धेरै पछाडि भने छैन।
६) भोल्भो सिइ
भोल्भो निर्माण कम्पनी (भोल्भो सीई) पाँचौँ नम्बरबाट छैटौँ नम्बरमा झरेको छ। कम्पनीले बिधुतिय निर्माण उपकरणमा जोड दिइरहेको छ। भोल्वो सीईले परम्परागत डिजेलबाट चल्ने विकल्पको सट्टा भविष्यमा कम्प्याक्ट इलेक्ट्रिक ह्वीललोडर र स्काभेटर मात्र उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
५) स्यानी
चिनियाँ कम्पनी स्यानी निर्माण उपकरण बिक्रीमा तीव्र वृद्धि पछि सन् २०१९ मा सातौँ नम्बरबाट पाँचौँ नम्बरमा उक्लिन सफल भएको थियो। उक्त कम्पनी अहिलेसम्म पाँचौँ स्थान भन्दा माथी जान ससकेको छैन ।
४) एक्स.सी.एम.जी
स्यानीको उच्च वृद्धिको बाबजुद पनि एक्स.सी.एम.जी कम्पनी चार नम्बरको स्थान हासिल गर्न सफल भएको छ। एक्स.सी.एम.जीको व्यापक उत्पादन क्षेत्र रहेको छ। प्रमुख चिनियाँ ओईएमहरू जस्तैः बिक्रीलाई अझ बढावा दिन उत्तर अमेरिका र युरोप जस्ता विकसित बजारहरूलाई लक्षित गर्नमा एक्स.सी.एम.जी बढी केन्द्रित रहेको छ।
३) जोन डिरे
२०१८ मा जोन डिरे सूचीको नौँ नम्बरबाट माथी उक्लेर तीन नम्बरमा पुग्यो, रिटजेन ग्रुपले खरिद गरे पछि माथिल्लो दशमा अगााडी बढेको थियो। २०१९ मा बेनिङहोभेन, क्लिम्यान, भोगेल र हम्म लगायत जोन डिरे र रिटजेन ब्रान्डको राम्रो बिक्रीका कारण कम्पनीले आफ्नो स्थान तीन नम्बरमा कायम राखेको छ।
२) कोमात्सु
कोमात्सुले उच्च निर्माण उपकरण उत्पादकहरूको सूचीमा दुई नम्बरमा आफ्नो परम्परागत स्थान कायम राखेको छ। कम्पनीले सन् २०१९ मा उपकरण बिक्रीमा वृद्धि देखायो। उक्त कम्पनीको स्मार्ट कन्स्टक्सन केन्द्रित अटोनोमस हाउलेज सिस्टमको ब्राजिलको एक ठूलो खानीमा ९३० ई अल्ट्रा क्लास इलेक्ट्रिकड डम्प ट्रकहरूमध्ये धेरैको परीक्षण गरेको छ।
१) क्याटरपील्लर
अमेरिकन निर्माण उपकरण कम्पनी क्याटरपील्लर फेरि एक पटक बिक्री को सन्दर्भमा संसारकै नम्बर एक स्थानमा रहन सफल भएको छ। कम्पनीले तालिकाको कुल बिक्रीको १६ प्रतिशत भन्दा बढी उत्पादन गरेको थियो।
२०२० मा कोभिडका कारण समग्र विश्व अर्थतन्त्र ठप्प भएकाले एल्लो टेवलले नयाँ सुची सार्वजानीक गरेको छैन।