काठमाडौं । नेपाल र भारतबीच दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा सहमति जुटेको र सो सहमति अनुसार करिब दुई हजार मेगावाट बिजुली प्रवाह गर्न सक्नेछ ।
दोस्रो अन्तरदेशीय प्रसारण लाइन दुई देशबिच बुटवल देखि गोरखपुर सम्म निर्माण गर्ने विषयमा प्रस्ताव भएको लामो समय भएपनि बुधबार मात्र दुईपक्षीय सम्झौता भई लगानी सम्झौतामा हस्ताक्षर भएको नेपाल बिधुत प्राधिकरणले जानकारी दिएको छ ।
कुल ४०० केभी क्षमताको प्रसारण लाइन २०७५ असोजमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले निर्माण गर्ने विषयमा सहमति जनाएको थियो । जस अन्तर्गत भारतको पावर ग्रिड र नेपाल बिधुत प्राधिकरणले बराबर लगानी गर्ने सहमति भएको थियो ।
भारतको राजधानी नयाँ दिल्लीमा रहनुभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अनुसार बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर सम्झौता भएको हो ।
अमेरिकी सहयोग परियोजना एमसिसिसँग पनि जोडिन पुगेको उक्त प्रसारण लाइन काठमाडौंको नाङ्लेभारेबाट सुरु हुने सो प्रसारण लाइन बुटवलसम्म पुग्नेछ भने बुटवलमा निर्माण भइरहेको सोहि क्षमताको प्रसारण लाइन भारतको गोरखपुरमा जोडिनेछ ।
भ्रमणको क्रममा एमसिसी उपाध्यक्ष फतिमा सुमारसँँग प्रसारण लाइन निर्माणका विषयमा सहमति भयको थियो । गत साउन १९ गतेको बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माण गर्नका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत शेयर लगानी गर्न प्राधिकरणलाई मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको थियो ।
कार्यकारी निर्देशिक घिसिङले सम्झौतामा हस्ताक्षरपछि प्राधिकरण र पावर ग्रिडको भारतर्फको खण्ड निर्माणका लागि ५०/५० प्रतिशत शेयर रहने गरी संयुक्त कम्पनी स्थापना गर्न बाटो खुलेको जानकारी दिनुभयो । दुई मुलुकबीचका सचिव र सहसचिवस्तरीय संयन्त्रका बैठकले दुबै पक्षको संयुक्त लगानी रहने गरी कम्पनी स्थापना गरी त्यसैमार्फत निर्माण गर्ने सहमति भएपनि मन्त्रिपरिषदबाट स्वीकृति नपाउदा संयुक्त लगानी तथा शेयरहोल्डर सम्झौता हुनसकेको थिएन ।
सम्झैता भयअनुसार बुटवल–गोरखपुर को लम्बाइ नेपालतर्फ २० किलोमिटर र भारतर्फ १०० किलोमिटर गरी जम्मा १२० किलोमिटर छ । भारतर्फको प्राधिकरण र पावर ग्रिडको ५०/५० प्रतिशत शेयर स्वामित्वमा स्थापना हुनेछ भने नेपाल खण्डको प्रसारण लाइन नेपाल आफैंले निर्माण गर्ने छन् ।
प्राधिकरण बिधुत व्यापार विभागका निर्देशक प्रबल अधिकारीका अनुसार प्रसारण लाइनले करिब दुई हजार मेगावाट बिधुत प्रवाह गर्न सक्छ । ढल्केबर– मुजफ्फरपुर अन्तरदेशीय ४०० केभी प्रसारण लाइनले भन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झण्डै डबल क्षमतामा बिधुत प्रवाह गर्न सक्ने कुरा उनले बताय ।
करिब ६ अर्ब लागत लाग्ने अनुमानमा आयोजनामा संयुक्त कम्पनीले २० प्रतिशत स्वपुँजीका रूपमा लगानी गर्ने र बाँकी रकम ऋण लिने भयको छ । माथिल्लो तामाकोशी र अन्य निजी क्षेत्रले निर्माण गरेका कुल ४५६ मेगावाटको जलबिधुत आयोजनाबाट उत्पादित बिधुत बर्खाको समयमा खपत गर्न नसकी खेर जाने अवस्था आएपछि घिसिङ नेतृत्वको टोलीले नेपालमा खपत गरेर जगेडामा रहेको बिधुत बिक्रीका सम्भावनाकाबारे भारतीय अधिकारीसँग छलफल गरेको छ ।
घिसिङका अनुसार नेपालमा जगेडा भएकोबिधुत भारतमा र बंगलादेशमा बिक्रीका लागि भारतीय अधिकारीसँगको छलफल सकारात्मक रहेको छ ।