भैरहवा। वर्षौदेखि ठेकेदार कम्पनीले अलपत्र छाडेको बेलहिया सडकखण्ड समयमै निर्माण सम्पन्न नहुँदा सर्वसाधारणका साथै पर्यटकहरूले सास्ती खेप्नु परेको छ।
बेलहिया–बुटवल व्यापारीक मार्ग आयोजना कार्यालयअन्तर्गत बेलहियादेखि बुटवलसम्म सडक निर्माणधीन अवस्थामा छ। अधिकांश क्षेत्रको सडक निर्माण सम्पन्न भएपनि ठेकेदार कम्पनी बिरुवा कन्स्ट्रक्सनले पाएको तीनवटा स्थानीय तहअन्तर्गतको सडक क्षेत्र अलपत्र छ।
उसले सिद्धार्थनगर नगरपालिकाको बेलहिया, ओमसतिया गाउँपालिकाको पडसरी र बुटवल उपमहानगरको बुटवल क्षेत्रको सडक निर्माणको ठेक्का पाएको थियो। जुन वर्षौदेखि अलपत्र छ।
स्थलमार्ग हुँदै मुलुकमा सबैभन्दा बढी पर्यटक बेलहिया नाका हुँदै भित्रिन्छन्। यो नाका हुँदै सर्वसाधारणदेखि लिएर भीभीआईपीहरूको आवगमन हुने गर्दछ। तर कन्स्ट्रक्सनले सडक निर्माणमा आनाकानी गर्दै आएको छ।
बेलहिया बजार क्षेत्रमा सबैले सास्ती खेप्नु परेको देखिएपछि ठेकेदार कम्पनी, आयोजना कार्यालयलगायत सम्बन्धित निकायमा काम सम्पन्न गर्न पटक पटक आग्रह गर्दै आएपनि ठेकेदारले निर्माणमा तदारुकता नदेखाएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।
ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगर्दा नगरपालिकाले सौन्दर्यकरण, भौतिक पूर्वाधारलगायतका योजना सञ्चालन गर्नसमेत समस्या परेको उनको भनाइ छ।
कार्यालयअन्तर्गत भएकाले ठेकेदार कम्पनीले अलपत्र छाडेको सडक निर्माणका लागि सम्बन्धित स्थानीय तहहरूको आग्रहलाई वेवास्ता गर्दै आएको छ।
ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्न पटक पटक आग्रह गरिए पनि अटेर गर्दै आएको सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खाँनले बताए।
हामीले ठेकेदार कम्पनी र सम्बन्धित कार्यालयहरूलाई छिट्टै नै सडक निर्माण गर्न पटक पटक आग्रह गरिरहेका छौँु, उनले भने, ुतर बेलहियाको निर्माणधीन सडक आयोजना नगरपालिका कार्यालयको मातहत नहुदाँ हामीले ठेकेदार कम्पनी उपर कुनै किसिमको कारबाही प्रकियासमेत अघि बढाउन सकेका छैनौँ।
उनले थपे, सडक निर्माणको योजना नगरपालिकाले गराउने भए हामीले उहिले सम्पन्न गराई सक्थ्यौँ तर आयोजना कार्यालयको मातहत हुदाँ ठेकेदार कम्पनीले हाम्रो आग्रहलाई वेवास्ता गर्दै आएको छ।
बेलहिया नाकाले मुलुककै अवस्था दर्साउने भएकाले आनाकानीविना सम्बन्धित निकायले सडक निर्माण सम्पन्न गराउनुपर्ने उनको भनाइ छ।
सडकको काम सम्पन्न गराउन सहजीकरणका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा गठित समितिले ठेकेदार कम्पनीलाई कार्यालयमा डाकेर सम्पन्न गर्न आग्रह गर्दा काम सुरु गर्ने प्रतिवद्धता जनाएको भएपनि ठेकेदार प्रतिनिधिलाई पटक पटकको आग्रहपश्चात् पनि वेवास्ता गर्दै आएको छ।
सडक अलपत्र छाडेपनि आयोजनाको कार्यालयले ठेकेदार कम्पनीलाई संरक्षण गर्दै आएको छ। अन्नपूर्णबाट