चितवन। भरतपुर महानगरपालिकाले पालिकाको २९ वटै वडाहरुमा आधारभुत सेवा विस्तार गरी त्यसको स्वामित्व ग्रहण गरेको छ। पछिल्लो समय वडा नं. ३, ७, १२, २०, २४, र २८ गरी ६ वटा वडामा आधारभुत स्वस्थ्य केन्द्र स्थापना गरी एक वडा एक स्वास्थ्य केन्द्र सञ्चालनको लक्ष्य पुरा गरीएको कुरा महानगर प्रमुख रेनु दाहालले बताएकी छिन्। त्यस्तै कतिपय वडामा २ वटा भन्दा बढी स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन्। वडा नं. १० मा २ वटा ठुला र २ दर्जन भन्दा बढी निजि क्षेत्रबाट सञ्चालित अस्पताल रहेका छन्। वडा नं. १ को ठिमुरामा आधारभुत स्वास्थ्य केन्द्र, देवघाट लक्षित आयुवेर्द औषधालयमा स्वस्थ्य क्लिनिक, नारायण नदी किनारमा रहेको जनस्वास्थ्य प्रवद्र्धन शाखा सञ्चालनमा रहेको छ।
वडा नं. २ र वडा नं १८ को शशिनगरमा आधारभुत स्वस्थ्य केन्द्र सञ्चालनमा रहेको छ। त्यस्तै वडा नं. ४ र ५ मा व्यवस्थित भवन निर्माण सुरु गरिएको छ। भरतपुर–१४ को प्राथमिक स्वस्थ्य केन्द्र र वडा नं. २१ को शारदानगर स्वास्थ्य चौकीलाई सेवा प्रदान गर्न स्तरोन्नती गरी १५/१५ शय्याको अस्पतालको रुपमा सञ्चालन गरिएको छ। वडा नं. २१, २२, २३, २५, २६, २७, र २९ का स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणाधीन अवस्थामा रहेका छन्। त्यस्तै वडा नं. १९ मा रहेको शारदानगर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरी १५ शय्याको अस्पतालमा परिणत गरिएको छ। महानगरको वडा नं. ९ र १३ मा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा वडा नं. ५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन्।
चितवन जिल्लाको भरतपुर महानगरपालिका क्षेत्र स्वास्थ्यको हिसावले नेपालकै स्वास्थ्य केन्द्र भए पनि नागरिकको आधारभुत स्वास्थ्यलाई ध्यानमा राखेर स्वास्थ्य चौकीहरु सञ्चालन गरिएको साथै महानगरका २९ वडामध्ये १९ वटा वडामा महानगरले आफ्नै जनशक्ति परिचालन गरी स्वास्थ्य केन्द्रहरु सञ्चालन गरीरहेको महानगर प्रमुखले जानकारी दिएका छन्। त्यस्तै महानगरका विभिन्न आयुवेर्द औषधालय, मातृ शिशु क्लिनिक र जनस्वस्थ्य प्रवद्र्धन शाखा सञ्चालनमा रहेका छन्।