काठमाडौं। चन्दननाथ नगरपालिकाका स्वतन्त्र मेयर राजुसिंह कठायतले चन्दननाथमा केबुलकार सञ्चालन गर्ने चुनावी घोषणा पत्रमा उल्लेख गरेका थिए। नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर कठायत मेयरमा निर्वाचित भए।
चन्दननाथमा केबुलकार सञ्चालन गरेरै छाड्ने, फोहोर व्यवस्थापनको दिगो समधान खोज्ने, विद्युतीकरणमा जोड दिने, सामाजिक सुरक्षा, सेवा प्रवाह र भ्रष्टचारमा शुन्य सहनशीलता अपनाउनेलगायतका एजेण्डा घोषणापत्रमा देखाउँदै चुनाव जितेका थिए।
मेयर सेजुवाल निर्वाचित भएको सयदिन बित्दै गर्दा चन्दननाथमा केबुलकार संचालन गर्नका लागि दौडधुप गरिरहेका छन्। जस अन्तरर्गत केबुलकार सञ्चालनका लागि रोपवे नेपाल प्रालिको टोली सम्भाव्यता अध्ययन गरी जुम्लाबाट फर्किएको छ । केबुलकार सञ्चालन गर्ने स्थानको अवलोकन गरेर प्रतिवेदन तयार पार्न टोली जुम्ला आएको थियो।
रोपवे नेपाल प्रालिका समिर तिवारीसहित ५ जनाको टोलीले चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर हुँदै खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकसम्मको २ ठाउँको सम्भाव्यता अध्ययन गरेको मेयर कठायतले बताए। जुम्ला आफैमा नेपालको आर्कषक पर्यटकीय गन्तव्य जिल्ला हो। खष भाषाको उद्गम स्थल, चन्दनाथ मन्दिर,नेपालकै दोस्रो अग्लो गुम्बा, पातारासी हिमा जस्ता पर्यटकिीय गन्तव्य छन् । मुगुको रारा आउने सबै पर्यटक जुम्लाको सुन्दरता नहेरी फर्किनन्।
त्यसैले पनि जुम्लासहित रारा आउने पर्यटकलाई लक्षित गरि केबुलकार सञ्चालनमा ल्याउन लागिएको मेयर कठायतको भनाइ छ। केबुलकार सञ्चालनले कर्णालीको पर्यटन प्रर्वद्धनमा उल्लेखीय काम हुने अपेक्षा छ। साउन भदौको समयमा केबुलकार चडेर जुम्लाको दृष्य अवलोकन गर्नको मज्जा समेत बेग्लै हुने छ। रारातालको सुन्दरता नियालेर केबुलकारको आनन्द लिएर फेरि जुम्लामै फर्किने छन्। केबुकार सञ्चालनले जुम्लाको व्यापार–व्यवसाय र पर्यटन क्षेत्रलाई माथि उकास्नेसमेत विश्वास गरिएको छ।
४ अर्ब लाग्ने लागत अनुमान
चन्दननाथमा केबुलकार सञ्चालनका लागि करिब ४ अर्ब लागत अनुमान गरिएको छ। नगरपालिकाका अनुसार दानसाँघुदेखि चिमारासम्मका केबुलकार सञ्चालन गर्न ४ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। सम्भाव्यता अध्ययन गर्न आएको टोलीको निष्कर्षअनुसार प्रक्रिया अघि बढाउने नगरपालिकाको तयारी छ।
यद्दपी केबुलकार सञ्चालनको सबै स्रोत अनुसार चन्दननाथ नगरपालिका आफ्नो पुँजीले मात्र भ्याउँदैन। जसका कारण बाह्य लगानी जुटाउन आवश्यक रहेको मेयर कठायतको भनाइ छ। आफ्नो कार्यकालमा जसरी पनि केबुलकार चलाएरै छाड्ने उनको अठोट छ।
साथै यसअघि चन्दननाथमा काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा पर्यटकीय पार्क बन्दै छ। १२ करोड रुपैयाँको लागत अनुमान गरिएको धिमी पार्कमा अहिले ३ करोड रुपैयाँको बजेटबाट काम भइरहेका छ। जसमा महानगरपालिकाले डेढ करोड र चन्दननाथ नगरपालिकाले डेढ करोड रुपैयाँ लगानी गरेका छन्। कारोबारबाट