काठमाडौं। सरकारले साहसिक एवं पर्यटन पूर्वाधार निर्माण गर्दा अनुमति नलिने व्यवसायीलाई कारबाही गर्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहसिक एवं पर्यटन पूर्वाधारका आयोजना निर्माण गर्दा अनुमति लिन निर्देशन दिँदै अनुमति नलिएकालाई कानुनबमोजिम कारबाही र जरिवाना गर्ने चेतावनी दिएको हो।
बन्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई ड्राइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेण्ट पार्क र फर्न पार्क जस्ता साहसिक खेलको भौतिक संरचना निर्माण गर्दा अनुमति लिनका लागि पर्यटन विभागले जनाएको छ ।
पछिल्लो समय कतिपय व्यवसायीले साहसिक खेलको भौतिक संरचना निर्माण गर्दा अनुमति नलिएको पर्यटन विभागले जनाएको छ । व्यवसाय, उद्योग दर्ता नगरी, ईजाजत नलिइ, नवीकरण नगरी सञ्चालन गरेको भए व्यवसाय , उद्योग दर्ता गरी नवीकरण गरेर सञ्चालनमा ल्याउन विभागले निर्देशन दिएको छ ।
वातावरण संरक्षण नियमावली, २०७७ को नियम ३ सँग सम्बन्धित अनुसूचि १ घ (२) बमोजिम साहसिक प्रकृतिका खेलहरू न्जी जम्पिङ, स्वीङ, क्यानोनिङ, स्काई ड्राइभिङ, जिप फ्लाइङ, हाई रोप्स, स्काइ वाक, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एम्युजमेण्ट पार्क र फर्न पार्क जस्ता व्यवसाय सञ्चालन गर्दा अनुमति लिनुपर्ने व्यवस्था छ ।