संसारको सबैभन्दा ठूलो निर्माण परियोजनाहरूको बारेमा सोच्दा तपाईँको दिमागमा के आउँछ ? यदि तपाईंले एयरपोर्ट, नहर र सबवेहरू अनुमान गर्नुभयो भने, तपाईं सही सोच्दै हुनुहुन्छ र अन्यमा औद्योगिक क्षेत्रहरू छन्। तर हालका केही परियोजनाहरूले तपाईंलाई छक्क पार्न सक्छ । जस्तै अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन र डिज्नी वर्ल्डलाई मिकी माउस जस्तो देखाउने मनोरञ्जन पार्क।
१. अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल, दुबई
संयुक्त अरब इमिरेट्सको दुबई मेगा प्रोजेक्टहरूका लागि परिचित नै छ । पहिले नै निर्माण भएका बुर्ज खलिफा, जुन २००९ मा सम्पन्न भएदेखि नै संसारको सबैभन्दा अग्लो भवनको शीर्ष स्थानमा रहँदै आएको छ। हाल निर्माणाधीन विश्वको सबैभन्दा ठूलो निर्माण परियोजनाको रूपमा अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थललाई नं. १ मान्न सकिन्छ । २१ माइल भन्दा बढी क्षेत्रफलमा फैलिएको यो मेगा परियोजना विस्तारको चरणमा छ र ३२ अर्ब डलर थप लागत लाग्ने देखिएको छ । निर्माणाधीन यस परियोजना पूरा हुने मिति अझै थाहा छैन । तर निर्माणको काम सकिएपछि विस्तारित एयरपोर्टमा एक पटकमा २०० वाइड बडी विमानहरू अटाउन सक्नेछन् र प्रति वर्ष २० करोड यात्रुहलाई सेवा दिन सक्षम हुनेछ। विमानस्थलको मेगा प्रोजेक्टको कुल लागत ८२ अर्ब डलर नाघेको छ ।
२. अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन, अन्तरिक्ष
सन् २००० देखि लगातार विश्वभरका एक दर्जनभन्दा बढी राष्ट्रका अन्तरिक्ष यात्रीहरूको अन्तरिक्ष बासस्थान बनेको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन, अन्तरिक्षमा हालसम्म राखिएको विश्वको सबैभन्दा ठूलो मानव निर्मित संरचना हो। यसमा दुई स्नानगृहहरू, पूर्ण रूपको जिम सुविधा, र ३६० डिग्री वे झ्याल रहेको छ। पृथ्वीको सतह भन्दा २४८ माइल माथिबाट प्रत्येक ९० मिनेटमा पृथ्वीको परिक्रमा गर्दै गरेको सो स्टेशन अहिले निर्माण गर्ने हो भने ४.६ खर्ब डलर भन्दा बढी पर्छ। हाल यस योजना विस्तार गर्ने तयारी हुँदै छ, जसले पृथ्वीबाट बाहिरको बासस्थानको रूपमा प्रयोग गर्न सहज हुनेछ र सो विस्तारको लागि कुल लागत १० खर्ब डलर भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
३. दुबईल्याण्ड, दुबई युएई
सुचीमा रहेको अर्को मेगा प्रोजेक्ट जसले दुबईलाई चिनाउने छ, त्यो हो ६४ अर्ब डलरको दुबईल्याण्ड । यो पहिले कहिल्यै नदेखिएको ठूलो र भव्य मनोरञ्जन क्षेत्र हो। यस मेगा प्रोजेक्टमा तीन वाल्ट डिज्नी वर्ल्डहरू २७८ वर्ग किलोमिटरको कम्प्लेक्स भित्र सजिलै अट्न सक्छन्, जसमा थिम पार्क, खेल स्थल, स्वास्थ्य सुविधाहरू, विज्ञान आकर्षणहरू, इको टूरिज्म र होटलहरू समावेश छन्। यस योजना सम्पन्न भइ सक्दा परियोजनामा ६५०० कोठाको विश्वको सबैभन्दा ठूलो होटल र १ करोड स्क्वायर फुटको भव्य मलको रुपमा रहनेछ। २००३ मा पहिलो पटक घोषणा गरिएको यस मेगा प्रोजेक्टले २००८ को विश्वव्यापी मन्दीसहित अन्य धेरै बाधाहरू भोगेर पार गरेको छ, जसले गर्दा यस मेगा प्रोजेक्टको निर्माण छ वर्ष भन्दा बढीको लागि रोकिएको थियो। अहिले दुबईल्याण्ड २०२५ मा व्यापारको लागि खुल्ने अपेक्षा गरिएको छ।
४. दक्षिण उत्तर जल स्थानान्तरण परियोजना, चीन
संसारको सबैभन्दा धेरै जनसंख्या भएको राष्ट्र चीन हो र लगभग १.५ अर्ब मानिस चीनमा बसोबास गर्दछन्। जसमध्य लगभग ५० प्रतिशत जनसंख्या देशको उत्तरी क्षेत्रमा बसोबास गर्दछन्, तर यस क्षेत्रले चीनको जलस्रोतको २० प्रतिशत मात्र समावेश गर्दछ। यति ठूलो जनसंख्या भएको क्षेत्रमा पानीको अभाव कम गर्न चीनले उत्तरमा पानी आपूर्ति गर्न ६०० माइल भन्दा लामो तीन विशाल नहरहरू निर्माण गर्ने प्रक्रियामा छ। यो परियोजना जटिल मानिनु स्वभाविक हो किनकि यो परियोजना सम्पन्न हुन करिब ४८ वर्ष लाग्ने अनुमान गरिएको छ। एक पटक निर्माण सम्पन्न भएपछि लगभग ८० अर्ब डलरको यस परियोजनाले उत्तरी बासिन्दाहरूलाई हरेक वर्ष ४४.८ अर्ब घन मिटर पानी आपूर्ति गर्नेछ।
५. क्यालिफोर्निया हाई स्पीड रेलवे, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
संयुक्त राज्य अमेरिका ठूलो क्षेत्रफल र सबल अर्थतन्त्रको बावजुद उच्च गतिको रेल प्रणालीको कुरा लामो समयदेखि युरोप र एसिया भन्दा पछाडि छ । क्यालिफोर्निया हाई स्पीड रेलवे परियोजना मार्फत संयुक्त राज्य अमेरिका उच्च गतिको रेल प्रणालीको सूचीमा अगाडि आउन आतुर देखिन्छ, जसको निर्माण २०१५ देखि सुरु गरि २०२९ मा पूरा गर्ने योजना छ। रेलवे परियोजनाले गोल्डेन स्टेटका १० ठूला शहरमध्ये ८ लाई जोड्नेछ र सबै इलेक्ट्रिक बुलेट रेल हुनेछन् । २०० माइल प्रतिघण्टा सम्मको गतिमा चल्न सक्नेछ यस रेलवे परियोजनाको लागि अनुमानित मूल्य लगभग ३३ अर्व डलर राखिएको भए पनि यो लागत बढ्न गई कम्तिमा १ खर्ब डलर पुग्ने देखिएको छ।
६. जुबैल २, साउदी अरब
साउदी अरेबियाको जुबेल २, एक औद्योगिक शहर परियोजना हो जुन २२ वर्ष भन्दा बढी समयदेखि निर्माणको क्रममा छ। संसारको सबैभन्दा ठूलो सिभिल इन्जिनियरिङ परियोजना रहेको यो औद्योगिक शहरको २०१४ मा ११ अर्ब डलरको लागतमा दोस्रो चरणको निर्माण सुरु भएको हो। २०२४ मा सम्पन्न गर्ने लक्ष्य राखिइएको यस परियोजना निर्माण भएपछि यसभित्र १०० औद्योगिक प्लान्टहरू, रेलवे, सडक र राजमार्गहरू, ८ लाख घन मिटर पानी डिसेलिनेशन प्लान्ट जुन विश्वको सबैभन्दा ठूलोमध्ये एक हुनेछ र ३५०,००० व्यारेल उत्पादन गर्न सक्षम एक तेल रिफाइनरी प्लान्ट हुनेछ। यस परियोजना निर्माण गर्न करिब २० हजार निर्माण श्रमिकहरुले एकै पटक काम गर्ने गरेको रेर्कड समेत रहेको छ ।
७. द ग्रेट म्यान मेड नदी परियोजना, लिबिया
१९८५ देखि निर्माण थालिएको, ग्रेट म्यान मेड नदी परियोजना संसारको सबैभन्दा ठूलो सिंचाई परियोजना हो। अनुमानित लगभग २०३० मा यसको निर्माण पूरा भएपछि, करिब ६५ लाख घन मिटर पानी यस नदीबाट बग्ने र यसले करिब २८ लाख रोपनी जमिनलाई सिँचाइ गर्नेछ साथै धेरै खाडी राष्ट्रका शहरहरूमा पिउने पानीको सहज पउँच हुनेछ। ठुल्ठुला पाइपलाइनको प्रयोग गरेर नदीले भूमिगत न्युबियन स्यान्डस्टोन एक्विफर प्रणालीबाट यसले पानी लिनेछ। यस परियोजनामा १७५० माइल भन्दा बढी फैलिएको भूमिगत पाइप र एक्वेडक्टहरूको संसारको सबैभन्दा ठूलो नेटवर्क बन्ने छ।
यो लेख अन्तर्राष्ट्रिय एजेन्सीहरुको सहयोगमा तयार गरिएको हो ।