काठमाडाैं। समयको विकास संगै हाल निर्माणका कार्यहरु ८० प्रतिशत भन्दा बढी, मेसिन तथा यन्त्रहरुबाट नै सम्पन्न हुने गरेका छन्। देश विकासका लागि सबैभन्दा बढी माग निर्माण उद्योगको नै रहेको छ।
सरकारले कुल बजेटको ६० प्रतिशत भन्दा बढी निर्माण क्षेत्रमा नै खर्च गर्दै आइरहेको छ। हाम्रो देशमा सामाजिक, राजनैतिक तथा आर्थिक अस्थिरताका कारण निर्माण क्षेत्रमा निकै ठुलो प्रभाव परिरहेको छ। बिगत लामो समय देखि कोभिड - १९ को कारणले विश्वब्यापी चलेको आर्थिक मन्दीको प्रभाब नेपालमा पनि यथावात छ।
बैंकिङ क्षेत्रमा पर्न गएको आर्थिक तरलताको अभावका कारण यस निर्माण क्षेत्रमा सबैभन्दा बढी असर देखिएको र यस अवस्थाबाट हेवी उपकरण आयात तथा बिक्रि वितरण गर्ने कम्पनिहरु र सम्पूर्ण निर्माण क्षेत्रनै विषम परिस्तिथिबाट गुज्री रहेका छन्।
बिगत १६ वर्ष देखि यस निर्माण क्षेत्रमा आवश्यक पर्ने हेवी उपकरणहरु, जगदम्बा कन्स्ट्रक्सन सोलुसन्स प्रा.लि ले सहज र सरल तरिकाले आफ्ना ग्राहक महानुभावहरुलाई उपलब्ध गराउदै आइरहेको छ।
यस कम्पनिले विभिन्न ब्रान्डका उपकरणहरु नेपाली बजारमा भित्राईरहेको छ जसमा अमेरिकी ब्रान्ड, केस कन्स्ट्रक्सन इकुप्मेंटका विभिन्न रोड कन्स्ट्रक्सन इकुप्मेंटहरु जस्तै ब्यक्वो लोडर, रोलर, ग्रेडरका साथै एस्काभेटर रहेका छन्। केस ब्रान्डको एस्काभेटर CX220C / LC इन्डियाको पितामपुर प्लान्टमा सन् २०१९ देखि उत्पादन हुदै आइरहेको ग्लोबल मोडल हो जुन मिडल इस्ट एशिया तथा साउथ अफ्रीकाका विभिन्न देशहरुमा बिक्रि वितरण हुदै आइरहेको छ।
नेपालमा पनि यो मेसिनको अत्याधिक माग भएको र ग्राहक माझ सफलता पुर्वक कार्य सम्पादनमा उत्कृष्ट पर्फर्मेन्स प्रस्तुत गर्दै आइरहेको छ। बजारमा विद्यमान आर्थिक तरलताको अभावको अवस्थामा जगदम्बा कन्स्ट्रक्सन सोलुसन्सले आफ्ना ग्राहकहरुलाई सहजता प्रधान गर्दै जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट लिमिटेडबाट सरल रुपमा फैन्नांस गर्ने प्रतिबद्धताका साथ् सम्पूर्ण निर्माण व्यवसायीहरुलाई सुचित गर्दै यस कम्पनिका वरिष्ठ प्रबन्धक हेवी लाईन सेल्स श्री नारायण बहादुर के.सि.ले जानकारी गराए।