आरोहणमा रुचि राख्ने कर्मा तेन्जिङले सोलुखुम्बुमा अवस्थित सगरमाथाको चुचुरो चुम्दै गर्दा लुक्ला बेसक्याप्मा सगरमाथा आरोहन गर्नेहरुको भिड देखे । त्यसपछि त्यहि कुरालाई मनन गर्दै २०१९ को मे १५ मा सगरमाथाको आरोहन गर्न सफल भए । त्यहि बर्ष सेप्टेम्बर २४ मा उनले मनास्लु हिमालको पनि आरोहन गरे । आरोहनको अवधिमा उनको संगत विदेशि आरोहीहरुसँग भयो । त्यसबाट उनले विदेशि आरोहीहरु एक व्यक्तिले नै ४० लाख भन्दा बढी पर्यटन क्षेत्रमा खर्च गर्न सक्ने कुरा बुझे । नेपाल सोखिन र धनाढ्यहरुको पर्यटन स्थल भएको हुनाले आरोहीहरुले पर्यटन क्षेत्रमा राम्रै खर्च गरेको उनले पाए ।
आरोहनमा धेरै खर्च गर्न सक्ने पर्यटनको जमात देखेपछि उनले नेपालमा हाई-इन्ड टुरिजमको राम्रो संभावना रहेको कुरा पत्ता लगाए । यसै क्रममा उनले नेपालमा पाँचतारे होटलको कमि रहेको पाए जसले गर्दा खर्चालु पर्यटकहरुलाई राख्नको लागि पाँचतारे होटल खोल्ने सोच बनाए । त्यही बेलामा सरकारले २०२० लाई भ्रमण वर्ष मनाइ २० लाख पर्यटक भित्राउने लक्ष्य राखेको हुनाले १० लाख पर्यटक आउदा पनि होटेलमा ७० प्रतिशत अकुपेन्सि हुने आसाले पाँचतारे होटलमा लगानी गर्ने सही समय हो भन्ने कर्मालाई लागेको हुनाले उनले यस क्षेत्रमा लगानी गर्ने निधो गरे ।
कर्माले होटेलमा लगानी गर्ने योजना बनाउँदा कोभिड सुरु भैसकेको थियो । उनले महाराजगञ्जमा ११ रोपनिमा उनकै बाबाले सञ्चालन गर्दै गरेको काठमाण्डौं भ्याली स्कुललाई हटाइ त्यही लक्जरी होटेल साथै अपार्टमेन्ट निर्माण गर्ने निर्णय गरे ।
करिब ६ अर्ब लगानीमा गुड कर्मा ग्रुप अफ कम्पनीले आधुनिक सुविधाहरु उपलब्ध हुने गरी होटेल र अपार्टमेन्टको कन्सेप्ट र डिजाइन तयार पारीसकेको छ । होटेलको भवन १२ तला र बेसमेन्ट २ तला हुने साथै १७० वटा कोठा निर्माण हुनेछ । कर्माले होटेलको भौतिक संरचना मात्र निर्माण गर्ने र होटेल व्यवस्थापनको लागी ले मेरिडियनलाई ल्याउने तयारी गरेको छ किनभने खर्चालु पर्यटक तान्नको लागी सेवा सुविधा पनि आधुनिक खालको दिनुपर्ने भएकोले मेरिडियन कम्पनीसँग सम्झौता गरेको हो ।
सोल्टी होटल, सेराटन, ले मेरिडियन, ताज, आइटिसी,इन्टरकन्टिनेन्टल आदि अन्तराष्ट्रिय ब्राण्डहरु भित्रिएको भएता पनि सबै सफल हुन सकेनन् । हायात रेडियसन भित्रिसकेको छ । चौधरी ग्रुपले चितवनमा अवस्थित मेघौली सेराई रिसोर्टमा ताज सफारी ब्राण्ड भित्राएको छ ।त्यस्तै सिजी ल्यण्डमार्क स्थित होटेलमा द फन ल्याएका छन् ।
कुपण्डोल हाइटमा मेरियट लक्जरी ब्राण्ड सेन्ट रेगिज, सुकेधारामा हायात ब्राण्ड, कमलादीमा मेरियटको मोक्सी ब्राण्ड, कान्तिपथमा रहेको निर्मानाधीन होटेलमा सेराटन ब्राण्ड, पोखराको पाँचतारे फुलबारी रिसोर्टमा मेरियट ब्राण्ड, पुलचोकको पाँचतारे होटलमा अन्तराष्टिय चेन ब्राण्ड होली डे इन आदि ब्राण्डहरु ल्याएको छ ।
कर्मा ग्रुपले होटल भन्दा पहिले अपार्टमेन्ट निर्माण गर्ने छ । अपार्टमेन्टलाई पहिलो चरणमा ८२ युनिट र दोस्रो चरणमा दुई सय अपार्टमेन्ट बनाउने लक्ष्य यस ग्रुपको रहेको छ । अपार्टमेन्टलाई तिन देखि पाँच करोडको लगानीमा २ बिएचके र ३ बिएचके गरी दुई प्रकारले बनाइने छ । जसमा आधुनिक सुविधाहरु हुनेछन् ।
कर्मा ग्रुपका अनुसार होटल निर्माण कार्य डेढ वर्षभित्र सुरु गरी ४ वर्ष भित्रमा सञ्चालनमा ल्याउने उध्यश्य रहेको छ । अहिले कोरोना महामारीको कारन पर्यटन ब्यबसाय ठप्प भयकोले होटेल निर्माण कार्यमा ढिलाईगरेको हो ।