खोटाङ। शैक्षिक गुणस्तर अभिवृद्धिका लागि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले विद्यालय शिक्षा सुधारसम्वन्धी अभिमुखीकरण सुरु गरेको छ । सामुदायीक विद्यालयको खस्किँदो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले विज्ञ उपस्थित गराएर चार दिने शिक्षा सुधारसम्बन्धी अभिमुखीकरण सुरु गरेको हो ।
१ कात्तिकमा समापन गर्नेगरी १५ वडाका वडाध्यक्ष, विद्यालयका प्रअ र व्यवस्थापन समितिका अध्यक्षलाई सहभागी गराएर शनिबारदेखि अभिमुखीकरण सुरु गरिएको हो । शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने विधि र उपायको खोजीमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए । ‘सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर खस्किरहेको छ । सामुदायीक विद्यालयप्रतिको विश्वास घट्दो छ,’ मेयर भट्टराईले भने, ‘यसमा स्थानीय सरकारको कहाँ कमजोरी भयो रु शिक्षकको कहाँ कमजोरी भयो रु अभिभावकको कहाँ, कसरी कमजोरी भयो रु यावत समस्या पहिचान गर्दै हल गर्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हो ।’
अभिमुखीकरण कार्यक्रमको पहिलो दिन वडाध्यक्ष, २१ मावि र १४ आधारभुत विद्यालयका प्रअलाई सहभागी गराएर शैक्षिक गुणस्तर उकास्ने उपायका बारेमा छलफल गरिएको छ । कार्यक्रममा शिक्षा सुधार अभियान्ता डा। तोयानाथ खनाल, माधव अधिकारी ९ए०, शैक्षिक उत्प्रेरक माधव अधिकारी ९बि० र पिउने पानी अभियान्ता गोकुल दंगालले सहजीकरण गरिरहेका छन् । आइतबार ६२ प्राविका प्रअ, सोमबार २१ मावि र १४ आधारभुत विद्यालयका विव्यास अध्यक्ष तथा मंगलबार ६२ प्राविका विव्यास अध्यक्षको सहभागीतामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
पहिलो दिन डा. खनालले शिक्षक, अभिभावक र विद्यार्थीको भूमीका, कर्तव्यवोध एवं आइपर्ने चुनौती र समाधानका उपाय बारे कार्यपत्र प्रस्तुत गरेका थिए । आवश्यक परे शैक्षिक सुधार सम्वन्धी थप कार्यक्रम आयोजना गरिने मेयर भट्टराईले बताए ।