काठमाडौं। नेपालको सबैभन्दा ठूलो र स्तरीयमध्येको एक अर्घाखाँची सिमेन्टले सोमबारबाट आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ। व्यापार घाटालाई असन्तुलन हुने गरी नेपालमा आयात हुन नसेको अवस्थामा अर्घाखाँचीले ठूलो मात्रामा निर्यात थालेको हो।
रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४ सय बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलानसिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो।
कम्पनीका अनुसार भारतको नौतनवा, महाराजगंजस्थितशिभान्स एसोसिएट्सले पहिलोपल्ट अर्घाखाँचीको उत्पादनखरिद गरेको हो।
‘भारतीय बजारतर्फको निकासीमा यो पहिलो कदम हो। सरकारले प्रदान गरेको आठ प्रतिशत अनुदानले यो उपलब्धि सम्भव भएको हो। यसले भारतसँगको व्यापार घाटा कमगर्नमा सहयोग पुग्ने छ,’ अर्घाखाँची सिमेन्टका प्रबन्धनिर्देशक राजेशकुमार अग्रवाल बताउँछन्।
त्यसैगरी अर्घाखाँची सिमेन्टका सञ्चालकतथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षपशुपति मुरारकाले उद्योग सुरु भएदेखि निर्यात गर्ने सपना पूरा भएको बताए। उनले भने, ‘अब मेरो चाहनाउद्योगले उत्पादनगर्ने अधिकांशसिमेन्ट भारत निकासीहोस् भन्ने हो।’
मुरारकाका अनुसार भारतका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल लगायत क्षेत्रमा चुनढुंगा खानी छैन। त्यहीबजार ‘क्यास’गर्न भारत निर्यात थालिएको हो । यस अवसारलाई नेपालका सम्पूर्ण सिमेन्ट उत्पादकहरुले उपभोग गर्नुपर्नेमापनिउनले जोड दिए।
सिमेन्ट निर्यात अझै बढाउन सरकारले भारतबाट कोइलाआयातगर्ने वातावरण मिलाइदिनुपर्ने उनको आग्रह छ।
भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्सले अर्घाखाँचीसिमेन्ट लिमिटेडको उत्पादन अर्घाखाँचीसिमेन्टलाई गुणस्तर सम्बन्धि इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आईएसआई) मार्क दिएपछि नेपालबाट सिमेन्ट निर्यात हुन थालेको हो।
कम्पनीले ओपीसी, पीपीसी र क्लिङ्कर निर्यातकालागिआईएसआई मार्क पाइसकेको छ।
जसअनुसार कम्पनीले आगामी दिनमा आफ्ना ओपिसी र क्लिंकर उत्पादनलाई पनि छिमेकी मुलुकका बजारमा निर्यात गर्ने योजना लिएको छ। अर्घाखाँची सिमेन्ट नेपालमा करिब ६०० रुपिया रेट छ, भारतलाई २६५ मात्र।