काठमाडौं। कास्की निर्वाचन क्षेत्र नं २ ‘क’ का गठबन्धन तर्फबाट माओवादी केन्द्रका उम्मेदवार विश्वप्रकाश लामिछाने पोखरा ३३ बाट बाइपास रोड बनाउने योजना रहेको बताएका छन् ।
पोखरा ३३ कालिकास्थानमा ५ दलिय गठबन्धनको प्रदेश सभा र प्रतिनिधी सभाको सम्पर्क कार्यालयको उद्दघाटन गदै लामिछानेले बाइपास रोडको योजना सुनाएको हुन । यस भन्दा अगाडी आफु पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुँदा उक्त क्षेत्रमा रिङ रोडको योजना सहित बाइपास रोडको अध्ययन गरेको पनि जानकारी दिएका छन् ।
कोत्रोबाट पोखरा ३३ मा जोडेर बागमारा लगायतका क्षेत्र हुँदै बिरौटा दखि स्याङ्जा जाने रुटको लागि रोडको परिकल्पना गरेको बताएका छन् । अब आउने निर्वाचनमा यदि आफुले जिते भने यो योजनालाई प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
४० वर्ष अघि देखि सामाजिक काम गर्दै आएका लामिछाने पोखरा नगर विकास समितिको अध्यक्ष, अंमरसिंह मावीको अध्यक्ष, सेति नदी संरक्षण समितिको संयोजक, औद्योगिक समिति, कवि लेखनाथ पौडेलेको संग्रालय निर्माण समितिको लगाएतका विभिन्न पदमा बसेर काम गरेका छन् ।
गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा प्रत्यक्ष उम्मदेवारी दिएका एकिकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले पोखरा ३३ हुँदै स्याङ्जा जाने बाइपास रोडको योजना अघि बढ्न तयार रहेको बताए । ‘बागमारमा कृषिको पकड क्षेत्र रहेको जानकारी दिदै कृषिका सामान उत्पादन विक्रि वितरण, प्याकेजिङ्, ग्रेडिङ लगायतको काम आफुले गर्न सक्ने योजना रहेको काराणले नै आफु यस थाउका लागि उपयुक्त उम्मेदवार रहेको बरालले दावी गरेका छन् ।
उक्त कार्याक्रममा नेपाल काँग्रेस क्षेत्र नं २ का सभापती केशव प्रसाद निर्दोशीले गठबन्धनको साझा उम्मेदवारहरु इमान्दर र स्वच्छ रहेको जानकारी दिएका छन् । अहिलेको व्यवस्था जोगानको लागि पनि गठबन्धनलाई भोट दिनुपर्ने बताएका छन् । त्यस्तै कार्यक्रमा आफ्नो भनाई राख्दै माओवादी केन्द्रको तर्फबाट सामानुपातिक उम्मेदवार जुविधा खातुन पोखरा ३३ को विकासको लागि पनि गठबन्धनको उम्मेदवारलाई भोट दिनुपर्ने बताएकी छन् ।