काठमाण्डौं । २२ जनाको पौँने एक अर्ब लगानीमा चितवनमा पटिहानी रिसोर्ट स्थापना भएकोछ । उक्त रिसोर्ट तिहारपछि नै संचालनमा आउने भएको छ ।
संचालक जोशीका अनुसार राप्ती नदी र चितवन राष्ट्रिय निकुञ्जको नजीक रहेको रिसोर्टको पहिलो काम निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । सो रिसोर्ट चितवनका अन्य रिसोर्टभन्दा फरम डिजाइनमा तयार भएको छ ।
योजना भए अनुसार सबै तयार भइसक्दा एक अर्बभन्दा माथी लगानी लाग्ने अनुमान गरिएको सो रिसोर्ट चार विघा जग्गामा निर्माण भइरहेको छ भने पहिलो फेजको निर्माण सम्पन्न भएपछि ५२ वटा रुम संचालनमा ल्याइने भएता पनि सम्पन्न भईसक्दा एक सय रुम क्षमतामा चलाउने योजना बनाएको जोशीले बताए ।
रिसोर्टमा पाँच सय जना क्षमताको सभाकक्ष , हल लगाएतका विभिन्न सुविधा सम्पन्न सेमिनार हल , मिटिङ हल, ७० जना क्षमता भएको रेष्टुरेन्ट र स्वीमिङ पुल जस्ता सुविधाहरु रहेको जोशीले जानकारी दिए ।
रिसोर्टको मुख्य भवनमा ४० वटा रुम छन भने सातवटा भिल्ला सार्क मुलुकका सभा समारोहलाई मध्यनजर गर्दै तयार गरेको उनले जानकारी दिएका छन् । सातवटा भिल्ला मध्य ल्याब सहितको सुइट रुम र पाँचवटा फेमिली रुम रहेको छ । सो रिसोर्ट डिजाइन डिजाइन सेलु ले गरेको हो।
जंगलको वातावरणमा आरामदायी सेवा दिने उद्देश्यले आन्तरिक र बाह्य पर्यटकलाई मध्यनजर गर्दै रिसोर्ट संचालनमा ल्याइएको हो । जोशीका अनुसार काममा व्यस्त भएर बोरभएको अवस्थामा यस रिसोर्टमा रिफ्रेसमेन्ट पाइनेछ । भरतपुरबाट १६ किलोमिटरको दुरीमा रहेको उक्त रिसोर्ट सात वटा भिल्ला विदेशी पर्यटकलाई र ४० वटा रुम आन्तरिक पर्यटकालाई मध्यनजर गर्दै संचालनमा ल्याइने छ ।
अहिले रुम, रेष्टुरेन्ट, लबी, पाँचवटा भिल्ला तयार भइसकेको रेष्टुरेन्टमा अन्य कामहरु भइरहेको छ । निर्माणकार्य ३ वर्ष अगाडी देखि सुरु भएतापनि कोरोनाले गर्दा ढिला भएको हो । अव आउने महिनामा पहिलो फेजको काम सम्पन्न हुने छ ।
रिसोर्टले चार विघा जग्गामध्ये एक विघा जमिन पाहुनालाई आफ्नै बारीको आर्गानिक तरकारी, फलफूल सर्भ गर्न छुट्याएको र रिसोर्टले आउने महिनामा जनशक्ति थप गर्ने जोशीले बताए ।