पर्वत। नेकपा एमालेका केन्द्रीय सदस्य पदम गिरीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत सिट बिजयी गर्ने बताएका छन।
सोमवार पर्वत सदरमुकाम कुश्माबजारमा प्राईमटाईम टेलिभिजनद्धारा आयोजित चुनावी बहसमा बोल्दै गिरीले नेकपा एमालेले अबको चुनावमा बहुमत प्राप्त गरेर केपी ओलीको नेतृत्वमा बहुमतको सरकार बनाउने बताए। उनले यो मुलुकको विकास र समृद्धिको योजना नेकपा एमालेसँग मात्र भएकाले एमालेको जीतलाई कसैले रोक्न नसक्ने बताए।
केपी ओली नेतृत्वको सरकारले साढे तीन वर्षको अवधिमै बिसौ बर्षमा हुन नसकेको विकास गरेको बताउँदै ती योजनाहरुको पुर्णता र गुमेको भूमि फिर्ता, युवाहरुलाई रोजगारी, औद्योगिकिरणको विकास, सडक, विद्युत, खानेपानी र सिंचाईको विकास र विस्तारका लागि पनि एमालेको बिकल्प नभएको बताए। गिरीले अघिल्लो पटक आफु निर्वाचित भएर गएपछि पर्वत जिल्लामा पनि असाधारण विकास भएको बताए। सडक, खानेपानी, सिंचाई, स्वास्थ्य र शिक्षा क्षेत्रमा आमुल परिवर्तन आएको बताउँदै तीन किलोमिटरमात्र सडक कालोपत्रे भएको जिल्लामा अहिले १ सय १८ किलोमिटर कालोपत्रे र थप ६४ किलोमिटर कालोपत्रे गर्ने तयारीमा रहेको जानकारी दिए । उनले नागरिकका धेरै अपेक्षाहरु पुरा गर्न बाँकी रहेको बताउँदै अबको पाँच वर्षमा प्रत्येक वडा कार्यालयसम्म कालोपत्रे सडक पु¥याउने योजना रहेको बताए।
उनले भने–‘एमालेसँग विकास र समृद्धिका एजेण्डा छन तर गठवन्धन दलसँग एमालेप्रतिको कुण्ठा र मिलिजुली सत्तामा जाने स्वार्थ बाहेक केहि नभएको बताउँदै यो मुलुकको भाग्य र भविष्य निर्माणको फैसला मंसिर ४ मा जनताले गर्ने बताए । कार्यक्रममा प्रदेश सभा क का उम्मेदवार भक्त कुँवरले पर्वतको समग्र विकास एमालेकै पालामा शुरुवात भएको र एमालेले नै टुंगोमा पु¥याउने बताउँदै पर्वतवासी जनताले समृद्धिमा जाने कि यथास्थितिमा रहने फैसला मंसिर ४ मा गर्ने बताए । उनले आफु बिजयी भएर गएपछि नागरिकका अपेक्षा र जिल्लामा देखिएका आवश्यकताहरु पुरा गर्ने प्रतिवद्धता जनाए। गुणस्तरीय शिक्षा, १ हजार युवा युवतीहरुलाई स्वरोजगार, रोकिएको आयोजनाहरुको पुर्णता, कृषिमा व्यवासायिकरण र आधुनिकिकरणमा विशेष योजना बनाएर अघि बढ्ने बताए।
यस अघि एमालेका उम्मेदवार गिरी र कुँवरले आज कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ मा घरदैलो तथा कोणसभामा सहभागि हुनुभएको थियो । यसैगरी
प्रदेश सभा ख का उम्मेदवार मित्रलाल बस्यालको चुनावी अभियान फलेवास नगरपालिका वडा नं। ७ लिमिठानामा सम्पन्न भएको छ । लिमिठानाका विभिन्न बस्ती र टोलमा पुगेर घरदैलो तथा कोणसभा गर्दै बस्यालले स्थानीयवासीहरुका समस्या र मागहरु निर्वाचन जितेर गैसकेपछि अक्षरस पुरा गर्ने बताए । आफु जनताको सेवा गर्ने एकमात्र उद्धेश्य लिएर चुनवाी मैदानमा आएको बताउँदै अरु कुनै स्वार्थ नभएको समेत बताए ।