काठमाडौं। प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनको दिन नजिकिएसँगै भक्तपुरबाट उम्मेदवारी दिएका नेताहरू स्थानीयको घर आँगनमा भेटिन थालेका छन् । मतदाताको समस्यामा समेत स्वर मिलाउन थालेका छन् । वर्षौदेखि अलपत्र रहेको भक्तपुर(नगरकोट सडक छिटो निर्माण गर्न स्थानीयले पटक पटक आग्रह गर्दा समेत वास्ता नगरेका दलका उम्मेदवारहरू अहिले आफै दबाबमूलक कार्यक्रमहरूको नेतृत्व गरीरहेका छन् ।
यही क्रममा बुधबार उनीहरूले भक्तपुर(नगरकोट सडक निर्माण छिटो सक्न आयोजित आन्दोलनमा ऐक्यबद्धता जनाए । उनीहरूले बिहान दुई घण्टा सडक अवरुद्ध समेत गरे । नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाईमा भएको कार्यक्रममा सबै राजनीतिक दल र तिनका उम्मेदवारलाई निमन्त्रणा गरिएको थियो ।
सता गठबन्धनमा भक्तपुर(१ का उम्मेदवार सुनिल गोठे, एमालेकोका उम्मेदबार नवराज गेलाललगायत सहभागी थिए । साथै, चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्री समेत सहभागी थिए ।
भक्तपुर(नगरकोट सडक अलपत्र भएको करिब नौ वर्ष भयो । यसबीचमा आन्दोलनमा सहभागी कुनै पनि राजनीतिक दलले सडक नबनाएकोमा विरोध गरेको थिएनन् । तर, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र त्यसका उम्मेदवारहरूले भने विरोध जनाउँदै आएका थिए । उसले काम नगर्ने देशैभरिका ठेकेदारसँग ठेक्का तोड्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
सडक विस्तार पूरा नहुँंदा नगरकोटको पर्यटन व्यवसाय अस्तव्यस्त रहँदै आएको छ । ‘एक्जिम बैंक इन्डिया’को ऋण सहयोगमा शैलुङ र एआईपीएल जेभीले कात्तिक ०७३ मा काम सक्ने गरी २२ जेठ ०७१ मा सडक विस्तारको सम्झौता गरेको थियो । सडक विस्तारको ठेक्का लिएको ठेकेदार कम्पनीले सातौं पटक म्याद थपेर समेत अझै काम सकेको छैन ।
आयोजनाका अनुसार एक्जिम बैंक इन्डियाबाट ठेक्का सहमति प्राप्त प्रक्रियागत ढिलाई भन्दै पहिलोपल्ट २० अक्टोबर ०१६ सम्म काम सक्ने गरी एक सय २५ दिन म्याद थप भयो । दोस्रोपल्ट भूकम्पको बाहानामा ४ नोभेम्बर ०१७ सम्म तीन सय ८० दिन, तेस्रो पटक सडकमा रहेको भौतिक संरचना स्थानान्तरण र रुख कटानमा ढिलाइ, स्थानीयको अवरोध, स्थानीय चुनावलगायत कारण देखाउँदै १३ जुन ०१८ मा सक्ने गरी दुई २१ दिन म्याद थप भएको थियो ।
यसअघि सोमबार पनि सडक विस्तारको नाममा ठेकेदारले आठ वर्षदेखि सडक अलपत्र पारेको भन्दै स्थानीय पर्यटन व्यवसायीले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए । सडक विस्तार ढिलाइले पर्यटन व्यवसायी धरासायी बनेको र सडक थप जीर्ण भएको भन्दै स्थानीय बासिन्दाले माटो थुपारेर सडक अवरुद्ध गरेका थिए ।