काठमाडौं। पाँच दलीय गठबन्धनका साझा उमेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल जीवनले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको ३ हजार मिटरको रनवे बनाउने अभियानमा पहल गर्ने बताएका छन्। विहिबार पोखरामा आयोजित पर्यटन व्यवसायीहरु बिचको छलफल कार्यक्रममा वोल्दै उमेदवार बरालले गण्डकीप्रदेश र प्रदेशको राजधानि पोखरा क्षेत्रको बृहत विकासको लागि कम्तिमा पनि हालै निर्माण भएको विमानस्थलमा ३ हजार मिटरको रनवे आवश्यक हुने भएकोले त्यसको लागि आवश्यक पहल गर्ने बताएका हुन्।
पर्यटन तथा केही व्यवसायीहरुले पोखरामा नयाँ विमानस्थल निर्माण भएपछि पर्यटनको प्रबद्र्धन हुने विश्वासका साथ ठुलो लगानी गरे पनि हाल निर्माण भएको विमानस्थलबाट धेरै विदेशी पर्यटकहरु भित्राउन नसकिने बताए पछि गण्डकी प्रदेशका अर्थ मन्त्री समेत रहेका उमेदवार बरालले स्थानियको माग अनुसार रनवे विस्तार गर्ने प्रकृयामा सबैको साथ सहयोगको अपेक्षा भएको बताए ।
पोखरा विमानस्थलमा हालै निर्माण भएको २ हजार ५ सय मिटरको रनवेका आधारमा करिब ७५ सिटे हवाई जहाज आउने भएकोले कम्तिमा पनि २ सय सिट क्षमताको विमान तेश्रो मुलुक देखि आउने वातावरण निर्माण गर्न सके मात्र पोखरा क्षेत्रको बृहत रुपमा पर्यटनको विकास हुने नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले बताए ।
फरक प्रशंगमा उमेदवार बरालले आजको एक नम्बरको समस्या भनेको काठमाण्डौं केन्द्रित एकात्मक सोच भएको दाबी गरे । त्यसलाई भत्काउन जरुरी भएको उमेदवार बरालले बताए । पहिलो कार्यकालमै एकात्मक सोच भत्काउन जरुरी भएको उल्लेख गर्दै उमेदवार बरालले पहिलो कार्यकालमै एकात्मक बादी र आफ्नो गुटको मात्र हित हुनसोच भएको नेतृत्व भएको कारण परिवर्तन गर्न नसकिएको उनको दाबी छ । संघ सरकारले प्रदेशलाई दिनुपर्ने अधिकार आनाकाना गर्ने गरेको उनले गुनासो गरे ।
संविधानमा उल्लेख भएका कुरा संघ सरकारले लागु गर्न हानाकानी गर्दा प्रदेश सरकारहरु कमजोर अबस्थामा पुग्न थालेको उनको भनाई थियो । पर्यटनको विकासको लागि पहिलो आधार पूर्वाधार भएको बताएका उमेदवार बरालले पूर्वाधार व्यबस्थित ढंगले हुनु पर्नेमा अराजक ढंगले भएको जनाए । पर्यटन व्यवसायीहरुको हाल परेको पिर मर्काको बिषयमा छलफल गरी त्यसको निकास निकाल्नु पर्ने उमेदवार बरालले बताए ।
कार्यक्रममा गठबन्धनका साझा उमेदवार कास्की ३(२) का प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा क्षेत्रमा सहासिक खेल पर्यटनको निकै सम्भावना भएकोले त्यसको प्रबद्र्धन गर्न सके यहाँको आर्थिक विकास हुने दाबी गरे । हिमाल आरोहण, क्यानोनिङ, कायकिङ, प्याराग्लाईडिङ, र्याफ्टिङ लगायतको सहासिक खेलबाट धेरै पर्यटन भित्राउन सकिने उनले जनाए । कास्की २९२० का प्रदेश सभा सदस्यका प्रत्यासी विश्वप्रकाश लामिछानेले रामसार सुचिमा सूचिकृत भएका पोखराका तालहरुलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरी बृहत विकास गर्नु पर्ने बताए ।
पर्यटन व्यवसायी टिकाराम सापकोटा, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी, कागेंसका केन्द्रिय सदस्य एवं समितिका संयोजक गणेश भट्टराईले बैंक तथा विक्तिय क्षेत्रबाट हाल व्यवसायीहरु चर्को व्याजको मागमा परेको गुनासो गर्दै गठबधन सरकारले त्यसको निकास दिन माग गरे ।
नेपाली कागेंस प्रचार प्रसार पर्यटन उपसमितिले विहिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा प्रदेश सभाको समानुपातिक उमेदवार सरस्वती गुरुङ, कास्की ३९२० माओबादी केन्द्रका प्रचार संयोजक त्रिभुवन पौडेल, कास्की ३९२० कागेंसका प्रचार संयोजक राजबहादुर गुरुङ, महिला पर्यटन व्यवसायी संघका उपाध्यक्ष कमला गिरी, समितिका सदस्य संजय सिग्देल, सोम थापा लगायतले वोलेका थिए ।यसैबिच, गठबन्धनको विहिबार पोखरा ६ मा चुनावी प्रचार अभियान अन्र्तगत घर दैलो कार्यक्रम आयोजना भयो ।