काठमाडौं। कास्की क्षेत्र नम्बर ३ मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार रामजी प्रसाद बराल जीवनले गठबन्धन विरोधीले धेरै रोक्ने कोसिस गर्दा पनि घट्टेखोला धम्पुस बाटोको योजना पार्न सफल भएको दावी गरेका छन् । उनले यो योजना अब टेण्डरमा गईसकेकोले यो बाटोलाई सम्पन्न गर्नुपर्ने जिम्मा पनि आफुहरुकै काँधमा आएको बताए ।
माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा आयोजना गरिएको चुनावी सभामा बोल्दै बरालले भने, ‘हामीले यो बाटो ल्याउन पहल ग¥यौं, विपक्षीहरुले रोक्न धेरै प्रयास गरे, तर हामीले उनीहरुको अबरोध चिर्दै योजना पारेका छौं ।’ उनले अगाडी थपे, ‘अब यो बाटो टेण्डरको प्रकृयामा गईसकेकोले सम्पन्न पनि हामीले नै गर्ने हो।’
बरालले आफु प्रदेश सभामा हुँदा धेरै कामहरुको थालनी भएको बताउँदै ति कामहरु पनि पुरा गर्न प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवारले बिताए । ‘ यहाँ थाँती रहेका योजना सम्पन्न गर्न र नयाँ योजना शुरुआत गर्न गठबन्धनका उम्मेदवारले जित्नुपर्छ ।’ उनले भने ।
भौतिक निर्माण सँगै यहाँको कृषि र पर्यटनमा पनि गुणात्मक विकास गर्नु जरुरी हुने भएकोले आफुहरुको ध्यान त्यसतर्फ पनि समान रुपले गएको बताए । यसका साथै पहाडी र हिमाली क्षेत्रको पर्यावरण जोगाउने चुनौती पनि रहेको उनको भनाई थियो ।
निरन्तरको विकास मार्फत यहाँका जनताको जीवनस्तरमा परिवर्तन गर्नु बाहेक आफ्नो कुनै स्वार्थ नरहेकोले जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार दुर्गादक्त भण्डारीले माछापुच्छे« गाउँपालिकाको समग्र विकासमा आफु कटिवद्ध भएको उल्लेख गर्दै उम्मेदवार बरालले सुरु गरी बाँकी रहेका कार्यभार आफुले पूरा गर्ने दाबी गरे ।
संविधान सभा सदस्य एवं कागेंस नेतृ शारदा पौडेलले प्रत्यक्ष तर्फ गोलाकार भित्रको हसिया हथौडामा कागेंसको चिन्ह सम्झेर गठबन्धनका उम्मेदवारलाई अमुल्य मत दिन आग्रह गरिन । चुनाव प्रचार प्रसार समिति क्षेत्र नम्बर ३ का संयोजक मनोज गुरुङले उम्मेदवार बरालको पहलमा माछापुच्छे«ेमा धेरै योजना परेको उल्लेख गर्दै अब केन्द्रिय र ठुला रणनितीक योजना पूरा गर्न बरालको जित आवश्यक भएको बताए ।
एकिकृत समाजबादीका समानुपातिक उम्मेदवार दल बहादुर गुरुङले धम्पुसको विकासमा केही तत्वले अबरोध गर्दै आएको उल्लेख गर्दै अब गठबन्धनका उम्मेदवाले नै समग्र विकास गर्ने दाबी गरे । कागेंस नेता पोशनाथ शर्माले समृद्धिको शिखरमा पुर्याउन र १२ लाख युवालाई स्वरोजगार सृजना गर्न प्रदेश र संघमा गठबन्धनको सरकार आवश्यक भएको दाबी गरे ।
माछापुच्छे« ७, गठबन्धन निर्वाचन कमिटिका संयोजक सुक बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एकिकृत समाजवादीका युवा नेता आसिम गुरुङ, समाजवादीका नेता प्रेम पौडेल, माओबादी केन्द्र माछापुच्छे« ७ का वडा अध्यक्ष डिल्लीराम भण्डारी लगायतले वोलेका थिए ।