पाल्पा। इलाका प्रहरी कार्यलय रामपुरको भवन जीर्ण बनेको छ। भवन जीर्ण भएको भएता पनि प्रहरीले निरन्तर सेवा प्रदान गरीरहेका छन्। त्यहाँ रहेका ३ वटा प्रहरी भवनमध्ये २ वटा पुरानो भवन जीर्ण भएका छने् भने १ वटा नयाँ भवन रहेको छ। जीर्ण भवनमा पानी चुहिने भएको कारणले प्रहरीलाई सेवा प्रदानमा समस्या भएको छ।
द्धन्द्धकालमा ध्वस्त बनेको ३ कोठाको ब्यारेक भवन पानी चुहिएर बस्न नमिल्ने अवस्था छ भने २ तलाको कार्यलय भवन पनि जीर्ण भएको छ। भवनको अभावमा यस्तै भवनबाट भएपनि सेवा प्रदान गरीरहेका छन्। प्रहरी हबल्दार र जवान ब्यारेकका रुपमा प्रयोग गरीएको नयाँ भवन शान्तथी तथा पुननिर्माण मन्त्रालय शान्तिकोषबाट ३५ लाख ९२ हजार ३ सय ६० सहयोगमा निर्माण गरी २०६८ मंसिर १९ गते समुद्धघाटन गरी प्रयोगमा ल्याइएको हो। सो प्रहरी कार्यलय भवनमा थुनुवाका लागि १ वटा मात्र अस्थायी कोठा छ। महिलाको लागि छुट्टै थुनुवा कोठा नहुँदा अप्ठ्यारो स्थिति रहेको कार्यलय प्रमुख प्रहरी निरीक्षकले बताएका छन्। त्यस्तै भवन चुहिने समस्या, महिला र पुरुषका लागि छुट्टाछुट्टै थुनुवा कक्ष छैन, महिला थुनुवालाई कायृलय प्रमुखको कार्यकक्षमा महिला प्रहरी खटाएर राख्ने गरीएको र कार्यलयको जनघनत्व ठुलो रहेको कुरा उनले जानकारी गराएका छन्।
कार्यक्षेत्र ठुलो भएको कारणले गर्दा दैनिक विभिन्न घटनाहरु प्रहरीमा आउने गर्छन्। कालिगण्डकी करीडोर सडकखण्डमा हाल दैनिक सवारी दुर्घटना हुन थालेको छ तर भवन जीर्ण भएको कारण विभिन्न घटनामा सम्बन्धित व्यक्तिलाई अनुसन्धानमा समस्या भएको छ। रामपुर नगरपालिका सहित निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिका–१ सिलुवामा यस कार्यलय क्षेत्र पदैछ। प्रहरी निरीक्षकको दरबन्दी रहेको यस क्षेत्रमा २६ जनाको दरबन्दी कायम रहेको छ भने हाल ३७ जना कार्यरत रहेका छन्। इलाका प्रहरी कार्यलय रामपुरको आफ्नै नाममा २३ रोपनी जग्गा रहेको छ।
पूर्वी पाल्पामा जनघनत्त्व वढदै जानु र हाल कायम रहेको प्रहरी निरक्षिकको दरबन्दीको स्तरोन्नतीको माग स्थानीयले गरीरहेका छन्। साथै प्रहरी नायब उपरीक्षकको दरबन्दी र मुद्दा दर्ता लगाएतका काम रामपुरबाट हुने गरी व्यवस्थाका लागि थानीयवासीले सम्बन्धीत निकायमा दबाब दिदै आएको छ। त्यस्तै त्यहाँका जनप्रतिनिधि, सरोकारवाल नागरीक, राजनीतिक दलले त्यहाँको शान्तिको सुव्यवस्था अमनचयनको लागि प्रहरी कार्यलयको स्तरोन्नतीको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रमुख प्रहरी उपरीक्षकसमक्ष माग गरेका छन्।
हाल इलाका प्रहरी कार्यलय रामपुरको भवन निर्माणको लागि अध्धयन थालिएको छ। एसियाली विकास बैंकको समन्वयमा महिला, बालबालिका, फरक क्षमता भएका, ज्येष्ठ नागरीकका लागि लक्षित गरी बन्ने भवनको सम्बन्धित निकायले स्थलगत अध्ययन अवलोकन गरीसकेको छ। एडिबीले नेपालका विभिन्न १० ठाउँमा प्रहरी कार्यलय बनाउनेगरी अगाडी बढेको टोलीले भवनको लागि कम्तीमा चहिने षेत्रफल तथा हालको अवस्थाबारे जानकारी लिएको छ।