काठमाडौं। पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम, पाँचथरले समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको छ। कार्यालयले आज सूचना प्रकाशित गर्दै समयमा काम नगर्ने निर्माण कम्पनीको ठेक्का तोड्ने चेतावनी दिएको हो।
कार्यालयलका अनुसार निर्माण व्यवसायीले कार्यालयसँग भएका सम्झौता गरिएका योजनाहरु सम्झौताबमोजिम तोकिएको समयमा निर्माण कार्य सम्पन्न नगरेको हो। निर्माण कार्य सम्पन्न गर्न पटक पटक लिखित तथा मौखिक निर्देशनमार्फत आग्रह गर्दा समेत लामो समयसम्म निर्माण कार्य गर्ने तर्फ कुनै चासो नबढाएको कार्यालयले जनाएको छ।
समयमा निर्माण कार्य नगरेको र गर्न ताकेता गर्दा पनि कुनै चासो नदेखाएको हुनाले यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्रमा विश्वसनिय स्पष्टीकरण सहित समयमै निमार्णकार्य सम्पन्न गर्ने यथेष्ट कार्ययोजना सहित कार्यालयमा उपस्थित हुन कार्यालयले अनुरोध गरेको छ।
अन्यथा यसै सूचनालाई अन्तिमा ताकेता मानि ठेक्का सम्झौताका शर्तहरु, सार्वजानिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का रद्द गरि तत्पश्चात गरिने सम्पूर्ण कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइने कार्यालयले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित सूचनामा भारत/मैनाचुली/सिद्धि साइ जे,भी, कन्टेक/गौरी पार्वती/ कोशी एण्ड न्यौपाने जे.भी, रोशन–सिब शक्ति जे.भी, सन्तोषी–सिब शक्ति जे.भी, एम.एस बिरुवा गाल्वा जे.भी र एम.एस रौतहा/सन्ताषी/बिरुवा जे.भी निर्माण कम्पनी रहेका छन्।