काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) ले सार्क क्षेत्रको रोजगारीमा परेको प्रभाववारे काठमाडौंमा छलफल भएको छ।
अन्तर्राष्ट्रिय श्रम संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा दक्षिण एशियाका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूले कोभिड–१९ ले कार्यस्थल र रोजगारीको स्थितिमा आ–आफ्ना देशमा पारेको प्रभावका सम्बन्धमा छलफल गरेका हुन्।
बिल्डिङ रेजिलियन्स फर फ्यूूचर अफ वर्क एण्ड पोष्ट कोभिड–१९ विषयमा आयोजित कार्यक्रममा दक्षिण एशियाका नेपाल लगायत बंगलादेश, भारत र पाकिस्तानका रोजगारदाता, ट्रेड यूनियन र सरकारका प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमलाई नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड महामारीपछि श्रम बजार परिदृश्यमा परिवर्तन आएको र नया चुनौतीहरू देखापरेको बताए। चुनौतीहरूको सामना गर्न थप प्रयासहरू आवश्यक भएको र यसका लागि उपयुक्त रणनीति र नीति आवश्यक रहेकोमा संघाईको जोड थियो।
दक्षिण एसियामा अर्थतन्त्रको ठूलो हिस्सा अहिलेपनि अनौपचारिक रहेको भन्दै साना मझौला उद्यमहरूको दिगोपन र अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सुधारिएको कामको अवस्था सुनिश्चित गर्न महत्वपूर्ण भएको संघाईले बताए ।
भौगोलिक रूपमा हामी दक्षिण एसियाली देशहरू एकअर्कासंग नजिक छौं, अनुभव आदानप्रदानका लागि विभिन्न माध्यम र संयन्त्रहरू छन्, दक्षिण एसियाली रोजगारदाता मञ्च ९साफी० तीमध्ये एक हो, साफी अध्यक्ष समेत रहनुु भएका संघाईले साफीलाई पारस्परिक हित र सहयोगको लागि अझ प्रभावकारी रुपमा परिचालन गर्नेतर्फ साझा प्रयास आवश्यक रहेको बताए ।
कार्यक्रममा आइएलओका देशीय निर्देशक डा. रिचार्ड हवार्ड आइएलओ दिल्लीका वरिष्ठ विशेषज्ञ रवि पेरिस श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधीलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।