काठमाण्डौ । चार करोड रुपैयाँको सम्झौतामा नयाँ बानेश्वर चोकमा आकाशे पुल निर्माण गर्न सडक डिभिजन कार्यलयले ३ वर्ष पहिले नै योजना बनाएको भएता पनि म्याद सकिएको ८ महिना भइसक्यो तर अहिले सम्म पनि काम सम्पन्न भएको छैन् । तीन वर्षको अवधिमा पुलको पिलर मात्र राखेको हुनाले सर्वसाधारणलाई पैदल यात्रामा समस्या भएको कारणले निर्माण कार्यलाई तत्काल नै अघि बढाउनको लागि दबाब दिएपछि ट्रष्ट मात्र राख्ने काम भएको छ ।
म्याद थपिएपछि पनि जग खन्ने काम पनि गरेको छैन । त्यस्तै प्राकृतिक/पवन/जेभीले नै कोटेश्वर चोकमा पनि पुल निर्माणको लागि २ करोड ८९ लाखमा एक वर्ष भित्रमा पुल निर्माण सक्ने सर्तमा ठेक्का लिएको छ । कोटेश्वरको पुल निर्माण कार्य पनि समयका पुरा नभएपछि फेरी १ वर्षको म्याद थपियो तर थपिएको म्यादमा पनि हाल सम्म पनि जग पनि खनेको छैन ।
सडक डिभिजन कार्यलय प्रमुखका अनुसार नयाँ बानेश्वरमा पुल निर्माण कार्य नरोक्की निरन्तर भइरहेको र काम छिट्टै सप्पन हुने छ । काम गर्ने कर्मचारीलाई कोभिड भएको कारणले निर्माण कार्यमा ढिलाई भएको र अहिले सम्म पुल निर्माणमा १ करोड ७० लाख खर्च भइसकेको छ भने कोटेश्वर पुल निर्माण कार्य योजना रद्ध गरेको कुरा कार्यलय प्रमुखले बताएका छन् ।
कोटेश्वरमा आकाशे पुलको लागी छुट्टाइएको बजेटले नयाँबानेश्वको सिभिल अस्पताल अगाडि, बबरमहलको काठमाडौं जिल्ला अदालत अगाडि र महाराजगञ्जको टिचिङ हस्पिटल अगाडि आकाशे पुल निर्माण गर्ने सडक डिभिजन कार्यलयको योजना रहेको छ ।
त्यस्तै दुई करोड बजेटमा गोकर्णेश्वर नगरपालिकाले जोरपाटी चोकमा आकाशे पुल निर्माण गर्ने योजना बनाएको भएता पनि जनप्रतिनिधिले कार्यभार सम्हालेको चार वर्ष भइसक्दा पनि पुल निर्माणको लागी जग सम्म पनि खनिएको छैन । यो योजना पनि सर्वसाधारणको निराशाको साथ कागजमा नै सिमित भएको छ । तर नगरपालिकाको प्रबक्ताका अनुसार पुलको डिजाइन तयार भइसकेको र छिट्टै काम सुरु गरी कार्यकालभित्र नै निर्माण कार्य सम्पन्न हुनेछ ।
गौशलामा अवस्थित जयबागेश्वरीमा पनि आकाशे पुल निर्माणको लागी फलामको खम्बा मात्र गाडेको लामो समय भइसक्यो तर निर्माण कार्य भने अगाडी बढ्न सकेको छैन । नेपाल विधुत प्राधिकरणले विजुलिको तार व्यवस्थित गर्न नसकेको कारणले गर्दा निर्माण कार्य रोकिएको कुरा महानगरपालिकाको शहरी पूर्वाधार विभागका प्रमुखले बताएका छन् ।
प्राधिकरणको तार भुमिगत नगरी काम गर्न नसकिने भएकोले प्राधिकरणलाई तार व्यवस्थित गर्न अनुरोध गर्दा ११ लाख लागत खर्च मागेको र महानगरले रकम दिने तर काम सकेपछि भुक्तानी गर्छौ भन्दा नमानेको हुनाले प्राधिकरणलाइ पैसा दिनको लागी लेखामा फायल बुझाएको छ । तार व्यवस्थित हुनासाथ पुल निर्माण कार्य अगाडी बढ्ने छ । पुल निर्माणको लागी ७५ लाख बजेट विनियोजनमा कान्छामान निर्माण सेवालाई ठेक्का दिएको छ ।