पोखरा। पोखरामा यस वर्षपनि सडक महोत्सव हुने भएको छ ।रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले अंग्रेजी नया वर्षको अवसरमा आयोजना गर्दै आएको सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म आयोजना हुने भएको छ ।
आयोजक रेवान विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । “सडकमै नाचौं, सडकमै खाउँ, सडकै रमाउँ” भन्ने नाराका साथ हुने महोत्सव लेकसाईडको तीन किलोमिटर क्षेत्रमा हुनेछ । खहरेदेखि हल्लनचोकहुँदै फिस्टेल गेटसम्मको तीन किलोमिटर क्षेत्रमा महोत्सव हुने संयोजक नरेश भट्टराईले जानकारी दिए ।
रेवान पोखरोले सडक महोत्सवमा विभिन्न क्षेत्रको भेषभुष, कला सँस्कृतिलाई प्रस्तुत गर्दै आएको छ । यस वर्ष पोखराको सडकमा चीनियाँ कला सँस्कृतिसमेत प्रदर्शन गरिने रेवान पोखराले जनाएको छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सडक महोत्सवले पोखराको पर्यटन चलायमान गराउन सहयोग पुग्ने बताए । उनले महोत्सवकै अवसरमा होटल संघ पोखराले कोठामा २० प्रतिशत छुट दिइने बताए ।
पाँचदिने महोत्सवमा साँस्कृतिक कार्यक्रम, रात्रीकालिन कन्सर्ट, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, झाँकी प्रदर्शन, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर दौड, डुंगा दौड तथा डोरी तान(टग अफ वार) प्रतियोगिता जस्ता गतिविधि सञ्चालन गरिने छ । पाँचदिने महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने छन। ८५ लाख रुपैयाँ आम्दानी हुने छ। १० लाख रुपैयाँ बचत गर्ने लक्ष्य रेबान पोखराले लिएको छ।