सुर्खेत । २०२४ सालमा स्थापना भएको विद्यालय हो विजयश्वरी माध्यमिक विद्यालय। बराह ताल गाउँपालिका–२ हरिहरपुर पाग्म स्थित उक्त विद्यालयमा बाल शिक्षादेखि कक्षा १२ सम्म पढाई हुन्छ। २०७१ सालको बाढीबाट विस्थापित भएको उक्त विद्यालयको मुहार अहिले फेरिँदै छ।
भेरी नदीको छेउमै रहेको विद्यालयमा ३ सय ९१ विद्यार्थी १९ जना शिक्षक र दुई जना कार्यालय सहयोगी छन्। यहाँका विद्यार्थीहरू गाग्रीमा पानी ल्याएर पिउने गर्छन्।
विद्यालयमा पानी त आउँछ। तर, ट्याङ्कीमा जम्मा भएको पानी शुद्ध नहुने भएपछि उनीहरू गाग्रीमै पानी ल्याएर कक्षा कोठामा राखेर पिउने गर्छन्। उनीहरू कक्षामा रोल नम्बर अनुसार तीन सय मिटर टाढा पुगेर बिहान पढाई हुनु पहिला र दिउँसो ‘आफ टाइममा’ पानी ल्याउने पालो लगाउँछन्।
‘हाम्रो विद्यालयमा पिउने पानी त छ तर, ट्याङ्कीमा जम्मा भएको भएर खासै शुद्ध हुँदैन। त्यसैले हामीले कक्षामा आफ्नै आचारसंहिता बनाएका छौँ। त्यसको उल्लङ्घन गरेपछि निश्चित जरिवाना तिर्नुपर्छ,’विद्यालयमा अध्ययनरत ललिता दर्लामीले भनिन्, ‘मूलबाट शुद्ध पानी गाग्रीमा रोल नम्बर अनुसार पालो लगाएर ल्याउने गरेका छौँ।’
सुविधा सम्पन्न विद्यालयमा कक्षाकोठामै तातो चिसो पानी पिइरहेका बेला आफूहरूले यसरी पानी बोकेरै खान पाउँदा खुसी लागेको अर्का विद्यार्थी एकराज नेपालीले बताए। विद्यालयमा विद्यार्थीहरू पानीको बहानामा बाहिर निस्केर पढाई प्रभावित हुने कुरालाई रोक्न र विद्यार्थीलाई स्वावलम्बी बनाउन यस्तो योजना ल्याएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर कार्कीले जानकारी दिए।
‘विद्यालयमा पानीको खासै समस्या त छैन। पाइपबाट ट्याङ्कीमा जम्मा गरेको पानीभन्दा सिधै मूलबाट ल्याएको पानीले राम्रो गर्ला भनेर यस्तो गरिएको हो।
अर्को कुरा विद्यार्थीले पानीको निहुँ पारेर पढाई बरबाद नगरोस् भन्ने पनि हो,’प्रधानाध्यापक कार्कीले भने, ‘विद्यार्थी आफैले आचारसंहिता बनाएका छन्। त्यसको उलङ्घन गरे केही जरिवाना तिराउँछन्। त्यसैको रकमले गाग्री किनिएको हो । अहिले विद्यालयमा ७ वटा गाग्री छन्।’
प्रधानाध्यापक कार्कीका अनुसार बाल शिक्षादेखि तीन कक्षासम्मका विद्यार्थीलाई विद्यालयका कार्यालय सहयोगीले नै पानी ल्याइदिन्छन्। यस्तै ११ र १२ कक्षाका विद्यार्थीहरूले पनि आफै पानी ल्याएर पिउने गर्छन्। उकेराबाट