काठमाडौं। सडक विभागले पप्पु कन्ट्रक्सन सँग ठेक्का सम्झौता अन्त्य गरेको छ। कार्यालयले गोरखाको बट्टार–मकैसिडको त्रिशुली नदीमा पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनसँग गरेको सम्झौता अन्त्य गरेको सूचना पत्रिकामा प्रकाशन गरेको हो।
निर्माण कार्य सम्पन्न गर्न कार्यालयबाट पटक पटक लिखित एवं मौखिक जानकारी गाराउँदासमेत निर्माण कार्य सम्पन्न गर्ने/गराउने सम्बन्धमा निर्माण व्यवसायी श्री पप्पु कन्स्ट्रक्सन, पोखरिया, वीरगञ्ज, पर्साको तर्फबाट कुनै प्रयास नगरेको कार्यालयले जनाएको छ। गोरखाको बट्टार–मकैसिड क्षेत्रको त्रिशुली नदीमा पुल निर्माण गर्नका लागि सडक विभाग र पप्पु कन्स्ट्रक्सनबीच वि.सं. २०७१ साल असार २९ गते सम्झौता भएको थियो।
पप्पु कन्स्ट्रक्सनले बिहिबार मात्र सूचना प्रकाशन गरेर गोरखाको बट्टार–मकैसिडको त्रिशुली नदीमा पुल निर्माणका लागि सडक विभागसँग गरेको सम्झौता अन्त्य गरेको थियो। यो नेपालको इतिहासमा सम्भवत पहिलो घटना भएको निर्माण व्यवसायीहरुले बताएका थिए। निर्माण व्यवसायीले आफ्नो तर्फबाट ठेक्का अन्त्य गरे पछि सार्वजानिक निकायले अर्को सूचना जारी गरी पुनः ठेक्का सम्झौता अन्त्य गरेको हो।
योजनाबाट उपलब्ध गराउनु पर्ने सुविधा उपलब्ध नगराएको, योजनाले निर्माण गरिदिन पर्ने बेली पुल हालसम्म निर्माण नगरेको, निर्माण व्यवसायीले पेस गरेको बिल भुक्तानी नगरेको र पटक पटक यी विषयमा पत्रचार गर्दा समेत आयोजनाले वेवास्ता गरेकाले ठेक्का सम्झौता तोड्नु परेको निर्माण कम्पनीले प्रकाशन गरेको सूचनामा उल्लेख गरिएको थियो। योजनाबाट सम्झौताको आधारभुत उल्लंघन भएकाले बाध्य भएर ठेक्का सम्झौता अन्त्य गर्नुपरेको निर्माण कम्पनीको भनाइ छ। एकले अर्कोलाई आरोप लगाएको भन्ने प्रश्न चिन्ह पनि उठेको छ।
पप्पु कन्ट्रक्सनले वित्तिय फरार गर्न भनेको छ, यो भनेको अहिले सम्म भएको सबै कामको भूक्तानी दिन भनेको हो। सार्वजानिक निकायले निकालेको सूचनाको तात्पर्य हेर्दा भूक्तान नगर्ने जस्तो देखिन्छ। यो मामला अदालतसम्म पुग्ने देखिन्छ। अब फैसला कस्को पक्षमा होला भन्ने सबैमा चासो को बिषय बनेको छ। फैसला कस्को पक्षमा हुने भन्ने हेर्न बाकी छ।